काठमाडौं । साउदी अरबको एक कम्पनीले ८ जना नेपालीलाई तलब लिन बोलाएको छ ।
कोभिडको बेला घर आएर नफर्किएका ८ नेपालीलाई सो कम्पनीले तलब लिन बोलाएको हो ।
त्यतिबेला पाउन बाँकी तलब छाडेर फर्किएका उनीहरूलाई पछि सम्पर्क हुन नसकेको भन्दै कम्पनीले खोजी गरेको नेपाली दूतावास साउदीले जनाएको छ ।
साउदी कन्ट्रक्सन डेभलपमेन्ट कम्पनीले त्यहाँ काम गरेर कोभिडको बेला छुट्टिमा नेपाल आएर फेरि साउदी नफर्किएका ८ नेपालीलाई बाँकी तलब लिन सम्पर्क गर्न भनेको हो।
कम्पनीले दिनु पर्ने बाँकी सुविधा भुक्तानीका लागि रियादस्थित नेपाली दूतावासमार्फत सूचना गरिएको छ। कम्पनीले उक्त तलब सुविधा भुक्तानीका लागि सहजीकरण गरिदिन दूतावासलाई भनेको थियो।
कम्पनीले तलब दिन बाँकी रहेका नेपालीहरुमा सिरहाका सञ्जयकुमार यादव, सुरेसकुमार साह, नवलपरासीका बाबुराम केवट, खोटाङका प्रकाश गिरी, उदयपुरका देवबहादुर श्रेष्ठ, सुनसरीका भेगबहादुर राना मगर, तेह्रथुमका भिमप्रसाद दाहाल र सिरहाका बुद्ध मुखिया मलाह रहेका छन्।
कसले कति पाउन बाँकी छ ?
