बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले लकडाउनको मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।
Advertisement
राजमो बागलुङले मंगलबार एक वक्तव्य प्रकाशित गरी देशव्यापी लकडाउनको मौका छोपी कालोबजारी गर्नेहरु सक्रिय भएको भन्दै कालोबजारी रोक्न प्रशासन तीनै तहका सरकार सक्रिय हुनुपर्ने औंल्याएको छ ।
लकडाउनका कारण देशभरी नै पसलहरु न्युन संख्यामा खुलेका छन् भने सर्वसाधारण घरबाहिर निस्कन पाइरहेका छैनन् ।
यही मौका छोपी दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि गरी कतिपय व्यापारीले नाफा कमाइरहेका छन् । राजमोले यस्तो प्रवृत्तिलाई ‘अमानवीय र अक्षम्य अपराध’ बताएर निन्दा गरेको छ ।
साथै कोरोना संक्रमण विरुद्ध सचेतता अपनाउन आम जनसमूदायसँग र चेतना फैलाउन पार्टीका नेता कार्यकर्ताहरुलाई राजमोले आग्रह पनि गरेको छ ।

