खिमराज चालिसे ।
Advertisement
भारत राजस्थानको जयपुरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतिथ्यमा जनवरी ७, २०२४ आइतबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अनुशासन, ऐतिहासिक तीन अभियानलगायतका विषयमा प्रमुख अतिथि पुनले, विश्वदृष्टिकोणबारे अर्का अतिथि पिनु थापाले र स्थानीय समस्याबारे रिम रानाले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य मोहन गिरी र बेलबहादुर रजाली, केन्द्रीय प्रतिनिधि हुमा रजाली, विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य साक्षी थापालगायतले शुभकामना दिनुभएको थियो ।
टङ्कबहादुर थापाको सञ्चालन तथा दीपक थापाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा स्वागत ओम थापाले गर्नुभएको थियो ।
