• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संविधानका कैयौँ प्रावधानप्रति बिमति छ, लोकतन्त्र र गणतन्त्रका लागि एक ठाउँमा छौँ : केसी (भिडिओ)


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो ।

    Advertisement

    सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा केसीले लोकतन्त्र र गणतन्त्र रक्षाका लागि कांग्रेससँग सहकार्य गरेको बताउनुभयो ।

    ‘संविधानभित्रका कतिपय विषयमा हामीले बिमती राखेका छौँ । त्यो लोकतन्त्र भएकाले विमती राखेका हौँ’ केसीले भन्नुभयो, ‘संसदभित्र, बाहिर, त्यो नेपाली जनताले फैसला गर्ने कुरा हो । जबर्जस्ती गर्ने कुरा होइन ।’

    राष्ट्रिय जनमोर्चाले संविधान बनेदेखि नै संघीयता लगायत कतिपय विषयमा बिमती राख्दै आएको छ ।

    उहाँले कांग्रेससँग कैयौँ आफ्नो पार्टीको तीब्र मतभेद रहेको र कांग्रेसलाई हेर्ने बेग्लै दृष्टिकोण रहेपनि लोकतन्त्र रक्षाका लागि सहकार्य गर्नुपरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘सुरुमा नेपाली कांग्रेससँग हाम्रो तीब्र मतभेद थियो, किनभने कांग्रेसको वामन्थीलाई हेर्ने दृष्टिकोण बेग्लै थियो । हाम्रो पनि नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण बेग्लै थियो । हामीलाई के ले एक ठाउँमा ल्यायो भने लोकतन्त्रको लागि । र अहिले पनि नेपाली कांग्रेस र हाम्रोबीचको एकता मुख्य लोकतन्त्र र गणतन्त्रको लागि हो ।’

    अध्यक्ष केसीले गणतन्त्रका लागि लडेका दलहरुबाटै गणतन्त्र खतरामा रहेको औँल्याउनुभयो । त्यसका लागि गम्भीर समीक्षा हुनुपर्ने उहाँको भनाई थियो ।

    लोकतन्त्र र गणतन्त्रबारे हामी बसेर गम्भीर बहस गर्नुपर्छ । कसको कहाँनेर कमजोरीले लोकतन्त्रमाथि कालो बादल मडारिरहेको छ’ केसीले भन्नुभयो, ‘हाम्रै कारणले जनतामा सिस्टमप्रति जुन वितृस्णा आएको छ, त्यो वितृस्णालाई भजाएर लोकतन्त्रको औचित्य छैन, गणतन्त्रको औचित्य छैन भन्ने बढिरहेको छ ।’

    अध्यक्ष केसीले बिपी कोइरालामा दूरदर्शी राजनीतिक सोच रहेको पनि स्पष्ट पार्नुभयो । आफूले बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शुशिल कोइरालालगायत नेताहरुसँग संगत गरेको स्मरण गर्दै केसीले लोकतन्त्र र राष्ट्रियताका लागि खतरा मोलेर बिपी नेपाल आएको प्रशंग उल्लेख गर्नुभयो ।

    केसीले भन्नुभयो, ‘२०३३ सालमा पञ्चायती व्यवस्थालाई हामीले विरोध गर्दा नेपालमा बस्ने सम्भावना धेरै राजनीतिक पार्टीहरुलाई थिएन। हामी धेरै राजनीतिक पार्टीको बसाई बनारसमै हुन्थ्यो, प्राय। । र संजोगले गणेशमान बिपीजीहरु त्यतिबेला २०३३ साल पुस १६ गते नेपालतिर आउँदाखेरि संजोगबस म आफैँ त्यहीँ थिएँ। प्रदीपजी, हामी बसेर चियाँ खाँदै थियौँ । त्यतिबेला बिपीजी नेपाल आउँदाखेरी हामीलाई केही भ्रम थियो । यहाँको यस्तो निरंकुश शासन, लोकतन्त्रको कुरै गर्न नहुने, यस्तोमा बिपीबाबु आत्मसमर्पण गर्न जानुभयो भन्ने हाम्रो बुझाई थियो। र स्वयम् नेपाली कांग्रेसका कतिपय साथीहरुले यो बेला उहाँ जान हुँदैनथ्यो भनेर हामीसँग तर्क गर्नुहुन्थ्यो ।’

    केसीले थप्नुभयो, ‘पछिल्ला दिनमा हामीलाई के महसुस भयो भने लोकतन्त्रको खातिर उहाँ सबै प्रकारको खतरा मोलेर नेपाल आउनुभयो । र लोकतन्त्रकै लागि उहाँले जीवन अर्पण गर्नुभयो, लड्नुभयो, त्यसको लागि हामी सबै आभारी छौँ।’

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.