बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले बरेङ गाउँपालिका ५ निवासी कुमारी थापाको निधनप्रति दुःख प्रकट गरेको छ । राजमो बागलुङले आइतबार शोक वक्तव्य प्रकाशित गरी थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद पीयारी थापाकी आमा कुमारीको शनिबार ५१ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।
शोक वक्तव्यमा सांसद पीयारी थापासहित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदन प्रकट गरिएको छ ।

