काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान दक्षिण कोरियाले “जन्मभूमि” शीर्षकमा प्रगतिशील सालैजो भिडियो एलबम ल्याएको छ ।
Advertisement
अध्यक्ष जीवलाल शर्माको युट्युब च्यानलबाट २०८० पुस ८ गते आइतबार सो कृति सार्वजनिक गरिएको हो ।
दानबहादुर थापाको शब्द रहेको उक्त एलबममा स्वर जीवलाल शर्मा र ऋतु पुनको रहेको छ ।
एलबममा रक्तिमका महासचिव हेमराज आश्रमको निर्देशन र म्युजिक एरेन्ज तथा जीवलाल शर्माको कम्पोजिङ रहेको छ ।
रक्तिमकै पियारी थापा सुप्रभाले नृत्य निर्देशन गर्नुभएको सो कृतिको मिक्सिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।
रक्तिमका काठमाडौँ र कास्कीका कलाकारहरूले नृत्य गर्नुभएको उक्त भिडियोको सुटिङ पोखरा उपमहानगरपालिका वडा नम्बर २९ मा गरिएको जानकारी दिइएको छ ।