काठमाडौं । कोरोना संक्रमित भएर लण्डनमा उपचाररत भगवती रानाभाट अस्पतालबाट डिस्चार्ज भएकी छन् । भगवतीले आफूलाई कोरोना संक्रमण भएपछि फेसबुकमार्फत सबैलाई सावधानी अपनाउन सन्देश पठाएकी थिइन् ।
लमजुङ स्थायी घर भएकी भगवती रानाभाट कोरोना भाइरसबाट संक्रमति भएपछि लन्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना भएकी थिइन्। तर स्वास्थ्य सुधार भएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको उनको पारिवरिक स्रोतले जानकरी दिएको छ।
अस्पतालले उनलाई ७ दिनका लागि औषधि दिएको छ भने उनको परिवारलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिएको छ ।
भगवती लन्डनस्थित घरको भुइँतलामा बसेकी छन् भने श्रीमान् र छोराछोरी माथिल्लो तलामा बसेका छन् । अस्पताल र डाक्टरले आफ्नो स्वास्थ्यबारे स्पष्टसँग जानकारी नदिएको भगवतीले गुनासो गरेकी छन् ।
यो पनिः लण्डनबाट कोरोना संक्रमित नेपालीको सन्देश, ‘साह्रै पीडा हुँदोरहेछ, साबधानी अपनाऔं’