बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले कोरोना भाइरस संक्रमणको कहरसँगै संगठनात्मक अभियान स्थगित गरेको छ । राजमोले जिल्लाव्यापी रुपमा कोरोना संक्रमण विरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
Advertisement
सोमबार जिल्ला सचिव भिमलाल पोखरेलले एक विज्ञप्ति प्रकासित गरी उच्च सतर्कतासाथ कोरोका विरुद्ध जनचेतना जगाउने निर्णय भएको जानकारी दिनुभएको हो । राजमो बागलुङले फागुनदेखि सञ्चालित संगठनात्मक अभियान उत्साहका साथ सम्पन्न भएको भन्दै सहयोगी सबैमा धन्यवाद समेत दिएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले देशैभरी सञ्चालन गरेको संगठनात्मक अभियान स्थगित गरी जिल्लाको परिस्थिति अनुसार सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जिल्ला समितिहरुलाई निर्देशन दिएको थियो ।