प्युठान । राष्ट्रिय जनमोर्चा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउँदै जनताको घरदैलोमा पुगेको छ । राजमोले कोरोना सम्बन्धी जनचेतना जगाउँदै संगठनसमेत निर्माण गरिरहेको छ ।
यसै क्रममा झिमरूक गाउँपालिका– ७ को साविकका विभिन्न वडाबाट राजमोमा प्रवेश गरेका नयाँ सदस्यसमेतको प्रतिनिधि मुलक भेलामा नयाँ समिति निर्माण गरिएको छ । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा प्रदेश ५का सांसद तारा जिसीले पार्टीको नीति तथा कार्यक्रमसँगै कोरोना संक्रमणबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो ।
भेलाले झिमरुक ७ को वडा समिति गठन गरेको छ । समितिको अध्यक्षमा दिनेन्र्द महतारा, उपाध्यक्ष लोकबहादुर एमसी, सचिव भोजु गिरी, उप सचिव श्रीनारायणबहादुर जिसी र कोषाध्यक्षमा तुल्सा गिरी चयन हुनुभएको छ । सदस्यमा गोविन्दबहादुर जिसी, राधा पछाई, नेत्रा जिसी, राम प्रसाद शर्मा, रेकम सुनार, कृष्ण बहादुर जिसी, केवी सुनार, पूर्णबहादुर महतारा र बैकल्पीक सदस्यमा भुपेन्द्र जिसी, प्रेम बराली, टीका महतारा रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा ठाकुर गिरी,भेषमान गिरी,खड्क बहादुर महतारा,विनोद जिसी र रामचन्द्र भण्डारी रहनु भएको छ।
दिनेन्द्र महतराको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामचन्द्र भण्डारीले गर्नुभएको थियो भने स्वागत केबी सुनारले गर्नुभएको थियो ।
किसान र महिलाको समिति गठन
त्यस्तै, अखिल नेपाल किसान संघको पनि वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा पुर्ण बहादुर महतारा, उपाध्यक्ष गोविन्दबहादुर जिसी, सचिव अनिता एमसी, सह सचिव चन्द्र गिरी र कोषाध्यक्षमा श्यामकला पोख्रेल चयन हुनु भएको छ । सदस्यहरूमा नरबहादुर रसाइली, बेलबहादुर परियार, कृष्णबहादुर जिसी, मुक्ति गिरी र सल्लाहकार च्यान्टे सुनार र हिमलाल रोका रहनु भएको छ।
त्यस्तै, अखिल नेपाल महिला संघको पनि वडा भेला आयोजक समिति गठन भएको छ । समितिको अध्यक्षमा बसन्ता विक, उपाध्यक्ष रमा गिरी, सचिव पार्वता रसाइली, सह सचिव ईन्दु सुनार र कोषाध्यक्षमा गिता महतारा चयन हुनुभएको छ । सदस्यहरुमा लक्ष्मी जिसी, भगवता जिसी, संगिता रसाइली, शान्ता जिसी, गिता जिसी, निमा महतारा र सल्लाहकारमा पवित्रा जिसी, तारा भण्डारी, माया वली, सीता पोख्रेल र मिना पाख्रेल रहनु भएको छ। नव निर्वाचित समिति को घोषणा राजमो जिल्ला सल्लाहकार वीर बहादुर जिसीले गर्नुभएको थियोे ।

संगठन को उदेश्य, लक्ष र बर्तमानको राजनैतिक अवस्थाबारे राजमो जिल्ला समितिका टीका बहादुर जिसी,सिद्दिमान जिसी ठाकुर गिरीले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, कोराना भाईरस सचेतना सम्बन्धि शिक्षक नेता डम्बर जिसी र शंकर बस्नेतले प्रशिक्षण दिनु भएको थियो ।
नव प्रवेशीको प्रतिनिधित्व गर्दै लोक बहादुर महतरा र खड्क बहादुर एम्सीले नेकपा ९मसाल०को नीति सिद्धान्तले मात्र देशको राष्ट्रियता, जन अधिकारको सुरक्षाको साथै समाजवाद र साम्यवादको सपना पूरा हुने भएकोले राजमोमा प्रवेश गरेको बताउनु भएको थियो ।
नव निर्वाचित समितिलाई अतिथिहरू भेषमान गिरी, नेकपा (मसाल) रूपन्देहीका प्रवक्ता नारायण जिसीले पनि बधाई दिनुभएको थियो ।
झण्डै २०० नव प्रवेशी रहेको यो वार्डमा सुरक्षा दृष्टिकोणले कार्यक्रम प्रतिनिधि मुलक र अलग अलग स्थानमा गरिएको थियो । कार्यक्रममा ८५ वर्षीय वयोवृद्ध किसान नेता पूर्व जनप्रतिनिधि लिला बहादुर भण्डारीलाई समेत अभिनन्दन गरिएको थियो ।