• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमोको संगठनात्मक अभियान स्थगित, सचेतनाका कार्यक्रम जारी रहने


  •   आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले फागुन महिनादेखि सञ्चालन गरेको संगठनात्मक अभियान स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणबाट सचेत रहन राजमोले आफ्ना सबै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । तर, कोरोना संक्रमणबारे जनतालाई सचेत बनाउने, नआत्तिन आग्रह गर्ने र सावधानी अपनाउन आवश्यक उपायबारे जनचेतनाका कार्यक्रम जारी रहने अध्यक्ष केसीले बताउनुभयो ।

    ‘जिल्ला समितिहरुले आ–आफ्नो अवस्था अनुसार के कस्तो कार्यक्रम गर्न सकिन्छ, त्यसबारे आफै निर्णय गर्नेछन्’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘धेरै भिडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न र जनतालाई सचेत बनाउन साथीहरुसँग आग्रह गरेका छौं ।’

    अध्यक्ष केसीले पार्टीका नेता कार्यकर्ताहरुलाई जनताका बिचमा जान र कोरोना संक्रमणबारे सचेतना फैलाउन पनि आग्रह गर्नुभएको छ । उहाँले संकटको अवस्थामा कसैलाई पनि नआत्तिन र जनतामा पनि त्यही सन्देश फैलाउनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाले गत फागुन महिनाभर देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा सदस्यता वितरण, प्रशिक्षण र संगठन निर्माण गरिएको छ । हजारौंले राजमोको सदस्यता लिएका छन् भने विभिन्न पार्टी परित्याग गरी सयौं जना राजमोमा प्रवेश गरेका छन् ।

    फागुन महिनाको अभियानबाट उत्साहित भएर राजमोले चैत महिनामा पनि संगठनात्मक अभियानलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, विश्वप्यापी फैलिएको कोरोना संक्रमणका कारण संगठनात्मक अभियानलाई पनि स्थगित गरिएको राजमोले जनाएको छ ।

    यसै सन्दर्भमा अध्यक्ष केसीले आइतबार एक वक्तव्यसमेत प्रकाशित गर्नुभएको छ । वक्तव्यमा भनिएको छः
    राष्ट्रिय जनमोर्चाले फागुन महिनाका लागि देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरेको थियो र त्यो भव्य रुपले सम्पन्न भएको छ । त्यो अभियानलाई राष्ट्रिय जनमोर्चा, बिभिन्न जनवर्गीय संगठनहरुका कार्यकर्ताहरु तथा अन्य समर्थक, शुभेच्छुक र जनताको समेत व्यापक सहयोग प्राप्त भएको थियो । त्यसका लागि हामीले उहा“हरु सबैप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौ“ ।

    चैत्र महिनामा पनि हामीले उक्त संगठनात्मक अभियानलाई सञ्चालन गर्ने निर्णय गरेका थियौं र त्यसको देशव्यापी रुपमा तयारी पनि भइरहेको थियो । तर कोरोना भाइरसको विश्वव्यापी खतरा र त्यसको नेपालमा परेको असर र त्रास समेतमाथि ध्यान दिंदै हाम्रो पार्टीले चैत्र महिनाको संगठनात्मक अभियानलाई स्थगित गर्ने निर्णय गरेको छ । तर सामान्य रुपमा स्थानीय परिस्थितिमाथि ध्यान दिंदै संगठन निर्माणका सामान्य कामहरु चलिरहने छन् । तर राष्ट्रिय रुपमा चलेको अभियान भने हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौ“ ।

    संगठनात्मक अभियानको कार्यक्रमलाई स्थगित गरेपनि कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिंदै त्यसबारे जनतामा व्यापक चेतना दिने र त्यसबाट बच्न जनतामा उच्च प्रकारको शतर्कता दिने काममा हामी लाग्नुपर्नेछ र त्यसो गर्नु अहिलेको हाम्रो राष्ट्रिय दायित्व पनि भएको छ । त्यसका लागि हामीले व्यापक रुपमा जनताका बीचमा जानका लागि आफ्ना सबै कार्यकर्ता र समर्थकहरुसित पनि अपील गर्दछौं ।
    आज विश्वमा देखा परेको कोरना भाइरस र नेपालमा पनि त्यसको सम्भावित खतराका विरुद्ध लड्नु सबै देशवासीको कत्र्तव्य हुन गएको छ । हामीले सरकार वा गैरसरकार वा कुनै प्रकारको भेदभाव नगरिकन व्यापक एकता कायम गरेर त्यो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै पक्षहरुसित अपील गर्दछौं ।

    आज विश्वव्यापी रुपमा कोरोना भाइरसको जति ठूलो खतरा देखा परेको भएपनि र त्यो कारणले नेपालमा जति ठूलो डर, त्रास पैदा भएको भएपनि त्यो अस्थायी कुरा हो र त्यसमाथि हामीले विजय प्राप्त गर्न सक्नेछौ“ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । त्यसकारण अहिले देखा परेको कोरोना भाइरसको खतरा जति गम्भीर प्रकारको भएपनि हामीले अलिकति पनि नडराइकन दृढतापूर्वक र कुशलतापूर्वक त्यसको सामना गर्नुपर्दछ र अन्तमा त्यसमाथि विजय प्राप्त हुने छ भन्ने कुरामा हामीले सम्पूर्ण जनतालाई विश्वास दिलाउन चाहन्छौ  ।“ 

    आइतबार, चैत ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.