डोटी । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत शुक्रबार शिखर नगरपालिकाको १ गुठेउरी टोलमा राजमोको भेला सम्पन्न भएको छ । सम्पन्न भेलाले ११ सदस्यीय समिति गठन समेत गरेको छ ।
Advertisement
समितिको संयोजकमा जगि नेपाली र सदस्यहरु मंगला नेपाली,गौर सिंह थापा,लाल कामी, वीर सिंह थापा, हर्क नेपाली, लाल थापा, भक्त थापा, गोरख नेपाली, रत्ना थापा, सोपान आउजी रहनुभएको छ ।
उक्त भेलामा अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाको विशेष उपस्थिती रहेको थियो भने राजमो वडा सदस्य पुर्णबहादुर शाहीको पनि उपस्थिति रहेको थियो।