• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अध्यक्ष केसीको व्यङ्ग्य : संसद् अधिवेशन सकियो, जनतामाझ के भन्न जाने ? (भिडियोसहित)


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद केसीले व्यङ्ग्य गर्नुभएको छ : ‘संसद्को बर्खे अधिवेशन सकियो, जनतामाझ के भन्न जाने ?’

    Advertisement

    २०८० कात्तिक १६ गते बिहीबार प्रतिनिधिसभामा बोल्दै उहाँले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।

    ‘जनताले सोध्ने छन्, संसद्को बर्खे अधिवेशनबाट के कति कानुन बनायौ ? के कति काम गर्‍यौ ?’ उहाँले भन्नुभयो– ‘हामीले यही गर्‍यौँ भनेर दिने उत्तर मैले अझसम्म भेट्याएको छैन ।’

    अध्यक्ष केसीले बजेट वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै व्यङ्ग्य गर्नुभयो– ‘यहाँ त भान्सेले नै बजेट चप्काउँदो रहेछ ।’

    मन्तव्यको क्रममा उहाँले बागलुङ जिल्लामा बजेट नपुगेकोमा यस्तो व्यङ्ग्य गर्नुभएको थियो ।

    सरकारको कामकारबाहीबारे कटाक्ष गर्दै सांसद केसीले मन्तव्य विभिन्न विषय उठाउनुभएको थियो ।

    भ्रष्टाचार नियन्त्रणको प्रसङ्गमा पनि केसीले संसदीय प्रवृत्तिको आलोचना गर्नुभयो ।

    ‘हामीले भ्रष्टाचार उन्मूलन गर्नै सक्दैनौँ’ सांसद केसीले भन्नुभयो– ‘किनकि हामी संसद्मा आउने भनेकै कमाउनका लागि हो । सत्तामा जाने भनेकै कमाउन, सात पुस्ताको लागि सम्पत्ति जोड्न हो अनि कसरी हुन्छ भ्रष्टाचार उन्मूलन ?’

    उहाँले जनतालाई केही राहत दिनका लागि सबैभन्दा पहिला सत्ताधारीहरू नै सुध्रिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    लोकतन्त्र बचाऔँ

    मन्तव्य राख्दै अध्यक्ष केसीले लोकतन्त्र जोगाउन त्यसका पक्षधर राजनीति शक्तिहरू एकजुट हुन आग्रह गर्नुभयो ।

    ‘जनताले तँ भ्रष्टाचारी होस्, घुसखोरी होस् भनेर मलाई भन्दैनन्’ उहाँले भन्नुभयो– ‘तर ती भ्रष्टाचारी, घुसखोरी, पदलोलुपको पछि तँ किन लाग्छस् भनेर जनताले मलाई प्रश्न गर्छन् ।’

    आफू ठुला राजनीतिक दलको माया लागेर गठबन्धनमा नबसेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘सँगै लडेर यो लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता ल्याएको हो । अहिले पनि यो गणतन्त्र गुम्यो भने यसलाई फेरि प्राप्त गर्न डरलाग्दो सङ्घर्ष गर्नुपर्ने हुन्छ ।’

    उहाँले सांसदहरूलाई २०१७ र २०५९ सालका प्रतिगमनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    ‘लेनिनले उति बेलै भनेका थिए, संसद् गफ गर्ने थलो हो भनेर । त्यो हामी सबैलाई थाहा छ’ उहाँले भन्नुभयो– ‘तर यो भन्दा राम्रो व्यवस्था नआउँदासम्म वा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि पनि यही व्यवस्थामाथि टेकेर अगाडि बढ्नुपर्ने हुन्छ ।’

    उहाँ आफूले लोकतन्त्र पक्षधर शक्तिकै कमजोरीले प्राप्त उपलब्धि गुम्ने तर्क राखेको कुरा पुन: दोहोराउनुभयो ।

    ‘मैले पटक पटक भनेकै छु, यदि लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतालाई यदि कसैबाट खतरा छ भने त्यसको पक्षधरबाटै छ’ उहाँले भन्नुभयो– ‘त्यसकारण पहिला हामी आफै सुध्रिऊँ । सुध्रिइएन भने हामी मात्रै होइन, लोकतन्त्र र देश नै धरापमा पर्ने छ ।’

    सङ्घीयताको रट नलगाऔँ

    अध्यक्ष केसीले सांसदहरूलाई सङ्घीयताको रट नलगाउन आग्रह गर्नुभयो ।

    ‘संविधानसभाको चुनाव नहुँदै अन्तरिम संविधानमा सङ्घीयता राखियो । मैले कुरा बुझ्दिनँ ?’ उहाँले भन्नुभयो– ‘म त्यतिखेर पनि संविधानसभामै थिएँ । मलाई थाहा थियो, देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि नै सङ्घीयता ल्याइएको थियो ।’

    अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘तपाईंहरूले सङ्घीयताको गती देख्नुभएन कोशी प्रदेशमा ? अझै तपाईंहरू सङ्घीयता सङ्घीयता भनेर किन जनताको कान खानुहुन्छ ?’

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.