• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनवादी केन्द्रीयता र अनुशासन


  •   बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित
  • सुरेश थापा

    Advertisement

    जनवादी केन्द्रीयता पार्टी सञ्चालनको सिद्धान्त हो । संसारका सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा पार्टी सञ्चालन गर्दै आएका छन् । एउटा मिलिटयान्ट, लडाकु र अनुशासित पार्टी बिना क्रान्तिकारी उद्देश्य पूरा गर्नु सम्भव छैन । जनवादी केन्द्रीयताको सिद्धान्त त्यस प्रकारको पार्टी निर्माणका लागि महत्वपूर्ण शर्त हो । माक्र्स र एंगेल्सको पालाका कम्युनिस्ट पार्टी सञ्चालनको विधि बुर्जुवा प्रकारको थियो । अहिले पनि बुजुर्वा पार्टीहरू त्यही पुरानो विधिअनुसार चल्दै आएका छन् ।

    नेपालमा पनि वुर्जुवा पार्टीहरू त्यसरी नै चलिरहेका छन् । लेनिनले कम्युनिस्ट आन्दोलनको अनुभवको सार खिच्दै पुरानो प्रकारको संगठनात्मक विधिबाट सबै प्रकारका प्रतिक्रियावादी तथा सिंगो पुँजीवादलाई अन्त्य गरी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्न नसकिने निष्कर्षमा पुग्नुभयो र नयाँ ढाँचाको पार्टी निर्माणमा जोड दिनुभयो । जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा उहाँले त्यस प्रकारको नयाँ ढाँचाको पार्टी निर्माण गर्न सकिने अवधारणा अगाडि सार्नुभयो । त्यससम्बन्धी मेन्सेभिकको विरुद्ध चलेको संघर्षको बिचबाट त्यो अवधारणाले ठोस र मूर्त रूप लिन पुग्यो । त्यसैलाई हामीले लेनिनवादी संगठनात्मक सिद्धान्त भन्दछौँ ।

    जनवाद र केन्द्रीयता दुई शब्द मिलेर जनवादी केन्द्रीयता बनेको हो । जनवाद र केन्द्रीयताका बिचको सही सन्तुलन नै जनवादी केन्द्रीयता हो । जनवाद तलबाट अभ्यास गरिन्छ भने केन्द्रीयता माथिबाट लागु हुन्छ । जनवादलाई हामीले मुख्य गरेर तीन वटा बुँदामा व्याख्या गर्न सक्छौँ ।

    प्रथम– आफ्ना विचार वा मत अभिव्यक्त गर्न पाउने स्वतन्त्रता । आफ्नो मत वा विचार निर्भिक र स्वतन्त्र रूपमा प्रकट गर्न पाउनु, छलफलको विषय बनाउन पाउनु वा निर्णयार्थ प्रस्तुत गर्न पाउनु प्रत्येक सदस्यको जनवादी अधिकार हो । पार्टीमा प्रत्येक सदस्यलाई आफ्नो मत वा विचार प्रकट गर्न पाउने ज्ञारेन्टी जनवादले गर्दछ ।

    दोस्रो– आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार । कुनै सदस्यले प्रकट गरेको विचार अधिकांश सदस्यले अस्वीकार गरेको अवस्थामा सम्बन्धित सदस्यले आफ्नो विचार सुरक्षित राख्न पाउने अधिकार जनवादले दिएको छ । यसको अर्थ हो– उसले त्यस विषयलाई बैठक, भेला, सम्मेलन वा महाधिवेशनमा पुनः छलफलको विषय बनाउन सक्छ अर्थात्् आफूले उठाएको विषयको पक्षमा निर्णय नहुँदासम्म लगातार उठाउन पाउनु वा सङ्घर्ष गर्न पाउनु उसको जनवादी अधिकार हो । आफ्नो मतलाई आफू रहेको समितिभन्दा माथिल्लो समितिमा पठाउन पाउने अधिकारलाई पनि जनवादले सुरक्षित गरेको छ ।

    तेस्रो– चुन्न र चुनिन पाउने अधिकार । जनवादले कुनै पनि सदस्यलाई आफू निर्वाचित हुन पाउने वा आफूले इच्छाएको सदस्यलाई चुन्न पाउने अधिकार सुरक्षित गरेको छ । यसरी प्रत्येक सदस्यले पार्टीमा जनवादको अभ्यास गर्दछन् । कम्युनिस्ट पार्टीमा सदस्यले बैठक, भेला, सम्मेलन वा महाधिवेशनमा जनवादको अभ्यास गर्दछन् ।

    केन्द्रीयतालाई हामीले मुख्य गरेर निम्न पाँच बुँदामा राख्न सकिन्छः
    प्रथम– अल्पमत बहुमतको अधिनस्त । सकेसम्म निर्णयहरू सर्वसम्मत गर्ने प्रयत्न हुन्छ । सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा मत विभाजनद्वारा निर्णय गरिन्छ । मत विभाजन हुँदा बहुमतको आधारमा निर्णय गरिन्छ अर्थात् जुन मत वा विचारको पक्षमा बहुमत सदस्यको समर्थन रहन्छ, त्यो नै पार्टीको निर्णय हुन्छ । बहुमतले निर्णय गरेपछि अल्पमतले बहुमतको निर्णयलाई स्वीकार गर्नुपर्दछ । अल्पमतले आफ्नो मतलाई सुरक्षित राख्ने जनवादी अधिकारलाई प्रयोग गर्दै बहुमतको निर्णयलाई मानेर कार्यान्वयनमा जानुपर्दछ अर्थात् पार्टीका निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने/गराउने बेला अल्पमतले बहुमतको निर्णयलाई समर्थन गर्नुपर्दछ ।

    निर्णय हुनुपूर्व जनवादको अभ्यास हुन्छ अर्थात् छलफल हुन्छ, बहस हुन्छ, पार्टीको नीति, विचार वा निर्णयमा असहमति हुन सक्छ, तर निर्णय भएपछि, सबै सदस्यले निर्णयलाई मान्नुपर्दछ र बिना हिच्किचाहट कडाइपूर्वक कार्यान्वयन गर्नु/गराउनुपर्दछ । यो केन्द्रीयता हो । निर्णयपूर्व जनवादको अभ्यास हुन्छ भने निर्णय भएपछि केन्द्रीयता लागु हुन्छ ।

    दोस्रो– तल्ला समितिहरू उपल्लो समितिको मातहतमा । तल्लो तह माथिल्लो तहको मातहतको अर्थ हो– माथिल्लो तहका समितिले निर्धारण गरेका निर्णय वा निर्देशन तल्लो तहका समितिमा कार्यान्वयनको ग्यारेन्टी हुनुपर्छ भन्ने हो अर्थात् वडा समितिले गरेका निर्णय वा निर्देशन त्यस मातहतका सबै सेल समितिले मान्नुपर्छ । नगर/गाउँ समितिका निर्णय वा निर्देशन त्यस मातहतका सबै वडा र सेल समितिले मान्नुपर्छ । यसैगरी जिल्ला समितिका निर्णय वा निर्देशन जिल्लाभित्रका सबै समितिले मान्नुपर्छ । त्यसैगरी केन्द्रीय समितिका निर्णय वा निर्देशन मातहतका सबै जिल्ला, गाउँ, नगर, वडा र सेल समितिले मान्नुपर्छ अर्थात् उपल्लो समितिले गरेका निर्णय तल्ला समितिले बिनाशर्त मान्नुपर्छ र कडाईपूर्वक कार्यान्वयन गर्नु/गराउनु पर्छ । सिंगो पार्टीको निर्णय र हितको पक्षमा सबै संगठन उभिनुपर्दछ, उनीहरूलाई एउटा हिस्साको हितमा उभिने छुट हुँदैन । तल्ला संगठन उपल्लो समितिको निर्णय र निर्देशन अस्वीकार गर्न वा त्यसको विरोधमा जान मिल्दैन ।

    तेस्रो– व्यक्ति संगठनको मातहत । प्रत्येक सदस्य भेला, सम्मेलन, महाधिवेशन वा पार्टी समितिले गरेका निर्णय वा निर्देशनको अधिनस्त हुन्छन् । प्रत्येक सदस्यले पार्टीको निर्णय र निर्देशनलाई बिनाशर्त मान्नुपर्दछ र दृढतापूर्वक कार्यान्वयन गर्नुपर्दछ अर्थात् कुनै पनि बहानामा तिनीहरूको उल्लंघन गर्नु हुँदैन भन्ने हो । पार्टीको निर्णय वा निर्देशन चित्त नबुझेमा सम्बन्धित ठाउँमा आफ्ना विचार प्रकट गर्ने, उजुरी गर्ने वा पुनः निर्णयको माग गर्न सकिन्छ तर आफूलाई चित्त नबुझेकोले वा आफूले भनेजस्तै निर्णय नभएकाले वा आफ्नो विचार अनुकूल निर्णय नभएकाले वा अरू कुनै बहानामा पार्टीको निर्णयलाई अस्वीकार गर्ने वा अवज्ञा गर्ने वा कार्यान्वयनमा हिच्किचाहट प्रकट गर्ने छुट कुनै पनि सदस्यलाई हुँदैन ।

    चौथो– सम्पूर्ण सदस्य केन्द्रीय समितिको मातहतमा । यसको अर्थ हो– सबै सदस्यले केन्द्रको नीति, निर्णय र निर्देशनको आधारमा बोल्नु र काम गर्नुपर्दछ अर्थात् सबै सदस्यले केन्द्रीय समितिले गरेका निर्णय र निर्देशनलाई बिनाशर्त मान्नुपर्दछ र कार्यान्वयन गर्नुपर्दछ । एक महाधिवेशनदेखि अर्को महाधिवेशनको अवधिसम्म केन्द्रीय समिति नै पार्टीको सर्वोच्च निकाय हो । त्यो अवधिमा केन्द्रीय समितिले गरेका निर्णय नै सर्वोच्च निर्णय हुन् । केन्द्रले गरेका निर्णयको सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने छुट सदस्यलाई हुँदैन । लेनिनले यसलाई अनुशासनको सर्वोच्चता बताउनुभएको छ ।

    पाँचौं– केन्द्रीय समिति महाधिवेशनको मातहतमा । यसको अर्थ हो– केन्द्रीय समिति महाधिवेशनप्रति उत्तरदायी हुनुपर्दछ । महाधिवेशनले पारित गरेका आधारभूत नीति र सिद्धान्तभित्र रहेर नै केन्द्रीय समितिले काम गर्दछ र गर्नुपर्दछ अर्थात् महाधिवेशनको निर्णयलाई अतिक्रमण गरेर केन्द्रीय समितिलाई कुनै निर्णय लिने वा निर्देशन दिने अधिकार हुँदैन ।

    केन्द्रीयता र जनवादको बिचमा सफल समन्वयमा नै लेनिनवादी संगठनको निर्माण हुन सक्छ । यी दुवैको बिचमा सामञ्जस्यता ल्याउने मुख्य कडी भनेको अनुशासन हो । अनुशासनको अभावमा जनवादी केन्द्रीयताको सफल कार्यान्वयन सम्भव छैन । जनवादी केन्द्रीयतालाई सही रूपमा लागु गर्नका लागि सबै सदस्यले अनुशासनलाई कडाईपूर्वक पालना गर्नुपर्दछ । प्रत्येक सदस्यले आफ्ना भिन्न विचार सम्बन्धित समितिमा वा माथिल्लो समितिमा राख्नुपर्छ । तर तल्ला समितिमा वा तल्ला समितिका सदस्यसँग वा असम्बन्धित समिति वा सदस्यसँग प्रकट गर्न पाइँदैन । यदि त्यसो गरिएमा त्यो विषयअनुसार गुटबन्दी वा लुजटक वा ब्याक वाइटिङ हुन जान्छ । असम्बन्धित समिति वा सदस्य भनेको आफू रहेको समितिभन्दा बाहिरका अन्य समिति वा सदस्यलाई भनिएको हो । कम्युनिस्ट पार्टीमा गुटबन्दी, लुजटक, ब्याक वाइटिङको कुनै स्थान हुँदैन । त्यसैले यदि त्यसो भएमा त्यो गम्भीर अनुशासनको उल्लंघन हो ।

    प्रत्येक सदस्यले कुनै सदस्यको आलोचना वा विरोध गर्नुपर्ने भए आफू रहेको उपल्लो समितिमा राख्नुपर्छ वा उपल्लो समितिमा पठाउनुपर्छ । त्यो विषयअनुसार आलोचनाको रूपमा पनि राख्न सकिन्छ वा उजुरीको रूपमा पनि राख्न सकिन्छ । तर त्यो आलोचना, विरोध, उजुरी जे भए पनि सार्वजनिक रूपमा वा असम्बन्धित समिति वा असम्बन्धित सदस्य वा तल्ला समिति वा सदस्यसँग राख्न मिल्दैन । यदि राखिएमा त्यो गुटबन्दी मानिन्छ । तर सम्बन्धित नेतृत्वसँग प्रकट गरेका विचार गुटबन्दी हुँदैन, त्यो जानकारी, रिपोर्ट वा उजुरी हुन्छ । त्यसो गर्नु प्रत्येक सदस्यको अनुशासन हो ।

    खास अवस्थामा फरक विचार पनि तल्ला समितिमा छलफलमा लैजान सकिन्छ भने कतिपय अवस्थामा पार्टीका निर्णयसमेत पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा समेत पनि छलफलको विषय बन्न सक्छन् । खास अवस्था भनेको महाधिवेशनको अवस्था हो । त्यो बेला पार्टीको निर्णय र विधिअनुसार फरक विचार पनि तलैसम्म छलफलमा जान्छन् । अर्को अवस्था हो– कुनै खास विषयमा पार्टीले सार्वजनिक रूपमा छलफल चलाउने निर्णय गर्न सक्छ । त्यस्तो अवस्थामा सबै सदस्यलाई आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्त गर्न छुट हुन्छ । तर पार्टीले सार्वजनिक छलफलका लागि निर्णय गरेको विषयमा बाहेक अन्य विषयमा उक्त छुट प्राप्त हुँदैन ।

    प्रत्येक सदस्यलाई आफ्नो सम्बन्धित स्थानमा विचार प्रकट गर्ने स्वतन्त्रता हुन्छ । तर कुनै विषयमा निर्णय भइसकेपछि सबै सदस्यले मान्नुपर्छ र दृढतापूर्वक कार्यान्वयन गर्नुपर्दछ । निर्णय गर्ने बेला मतभिन्नता हुन सक्छ, बहस हुन सक्छ, निर्णयमा चित्त नबुझ्न सक्छ वा आफ्नो अनुकूल निर्णय नहुन सक्छ तर त्यसो हुँदाहुँदै पनि पार्टीको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नु/गराउनु प्रत्येक सदस्यको अनुशासन हो । त्यसैलाई लेनिनले छलफलमा स्वतन्त्रता र काममा एकता बताउनुभएको छ ।

    लेनिनले “एकीकृत अनुशासन” मा जोड दिनुभएको छ । जनवादी केन्द्रीयताको आधारमा मात्र पार्टीमा एकीकृत अनुशासन कायम हुन सक्छ । अनुशासनले निर्णयको कार्यान्वयनको सुनिश्चितता गर्दछ । अनुशासन भएन भने जतिसुकै राम्रो निर्णय भए पनि त्यो कार्यान्वयन हुन सक्दैन । लेनिनले अनुशासनलाई पार्टी एकताको आधार पनि बताउनुभएको छ ।

    विचारमा मतभिन्नता हुन सक्छ, निर्णयमा विमति हुन सक्छ, तर अनुशासनले मतभिन्नताको बिचमा संगठनात्मक एकता कायम गराउँछ । अनुशासनको अभावमा मतभिन्नता गुटमा विकास हुन्छ । गुटले पार्टीएकतालाई कमजोर बनाउँछ । त्यसैले पार्टीएकतालाई बलियो बनाउनका लागि अनुशासनलाई बलियो बनाउनु आवश्यक हुन्छ । त्यसैले लेनिनले कम्युनिस्ट पार्टीमा फलामे अनुशासन हुनुपर्नेमा जोड दिनुभएको छ । जनवादी केन्द्रीयताको जगमा मात्र फलामे अनुशासन कायम सम्भव छ ।

    जनवादी केन्द्रीयताको सिद्धान्तको विकास गर्दा लेनिनले पार्टी भित्रैबाट ठुलो विरोधको सामना गर्नुप-यो । मेन्सेभिकले लेनिनले पार्टी सदस्यलाई मेसिनको कलपुर्जा बनाउन खोजेको, लेनिन तानाशाह हुन खोजेको आरोप लगाए । सबै प्रकारका आरोप र विरोधसँग कडा संघर्ष गर्दै लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अगाडि बढाउनुभयो । आज पनि कम्युनिस्ट आन्दोलनभित्र र बाहिरबाट जनवादी केन्द्रीयताको विरोध गर्ने वा जनवादको नाममा केन्द्रीयतामाथि आक्रमण हुँदै आएको छ । संसारभरिका क्रान्तिकारी कम्युनिस्ट पार्टीले लेनिन झैँ लेनिनवादी संगठनात्मक सिद्धान्तको रक्षाका लागि लगातार संघर्ष गर्दै आएका छन् ।

    बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.