• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पार्टीका विरुद्ध फैलाइएका अफवाहबारे


  •   बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    यहाँ नेकपा (मसाल) का विरुद्ध फैलाइएका अफवाहबारे सामान्य कुरा गरिने छ । यो खुशीको कुरा हो कि वर्षौँदेखि पार्टीभित्र र बाहिरका अनेकौँ आक्रमणमाथि विजय हासिल गर्दै हजारौँ–हजारौँ सदस्यले निर्मित भएको पार्टी आज पनि दृढतापूर्वक आफ्नो गतिमा बढिरहेको छ । ऐतिहासिक आठौँ महाधिवेशनपछि सामाजिक सञ्जालमा ‘दक्षिणपन्थी’ आरोप लागेको पार्टीले गौरवतापूर्वक साम्राज्यवाद विरोधी सङ्घर्ष गर्दै राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको पक्षमा देशव्यापी आफ्ना जोडदार कार्यक्रम दियो ।

    विभिन्न जनवर्गीय सङ्गठनलाई व्यापक परिचालन ग¥यो । महत्वपूर्ण सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिए । देशव्यापी रूपमा सङ्गठनात्मक अभियानको लहर चल्यो । प्रकृतिजन्य रोग र समस्याका कारण सङ्घीयता विरोधी कार्यक्रमलाई अहिलेलाई स्थगित गर्नुपरेको भए पनि अनुकूल समयमा त्यसले काठमाडौँमा र देशमा हलचल ल्याउने कुरा निश्चित नै छ । यो बिचमा सङ्घीयता खारेजीका लागि संविधानमा संशोधन प्रस्तावको प्रक्रिया पनि अगाडि बढेको छ ।

    संयुक्त आन्दोलनलाई पनि प्रभावकारी बनाउनका लागि पार्टीले भूमिका खेल्यो । यसरी सडक, सदन र साङ्गठनिक जीवनमा भूमिका खेल्दै पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो क्रान्तिकारी पहिचान दिन सफल भयो । यो अवधिमा सम्पूर्ण पार्टी सदस्यले निर्वाध रूपले पार्टीका घोषित नीतिलाई कार्यान्वयन गर्नका लागि अपूर्व एकता प्रदर्शन गरे । वास्तवमा यो एकता नै पार्टीको महत्वपूर्ण जीवन थियो र त्यसका कारणले नै पार्टी त्यस प्रकारको राजनीतिक भूमिका निर्वाह गर्न सफल भएको थियो ।

    पार्टीको अपूर्व एकताबाट अत्तालिएका पार्टी विरोधी तत्वले आफूले सोचेजस्तो नभएको महशुस गरेका छन् । उनीहरूले सकेसम्म पार्टीलाई तहसनहस गर्नका लागि प्रयास गरेको कुरा लुकेको छैन । ती तत्वका सामाजिक सञ्जाल (पत्रपत्रिका, फेसबुक, ट्विटर, युटुयुब, वेबसाइट आदि) मा हाम्रो पार्टीसित सम्बन्धित टिकाटिप्पणीलाई पार्टीले नियाँलेर हेरिरहेको छ । तिनीहरूको असर पार्टी सदस्यमाथि परेको छैन भन्ने कुरा पनि पार्टीलाई राम्रोसँग जानकारी छ ।

    उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुत भएको पूरा अराजकतावादी गतिविधिलाई पार्टीको नीति तथा कार्यक्रमको पक्षबाट सामाजिक सञ्जाल प्रयोग गरिरहनुभएका केही साथीले उदाङ्गो पार्दै आउनुभएको छ । अहिलेलाई त्यति नै काफी हुने भएकोले पार्टीले त्यसबारे कदम उठाउन आवश्यकता ठानेको छैन । तर त्यसको असरले पार्टी सदस्यलाई छुने सम्भावना अगाडि आयो भने पार्टीले व्यवस्थित रूपले पनि सबै अफवाहलाई उदाङ्गो पारेर आफ्नो स्थितिलाई अरू प्रष्ट गर्ने छ र गर्नु पनि पर्दछ ।

    पार्टी विरोधी तत्वहरू पार्टीभित्रको दुईलाइनको सङ्घर्षमा पनि प्रवेश गरेका थिए । पार्टीमा कुन लाइन पास हुन्छ भन्ने कुराले पार्टी विरोधी तत्वलाई खास फरक पार्दैन । उनीहरूले पार्टीलाई तहसनहस पार्नका लागि दुईलाइनको कुनै एउटा पक्षलाई उपयोग गर्ने प्रयास गरेका थिए । तर वास्तवमा उनीहरूको त्यो इरादा हो कि नेपालको राजनीतिक इतिहासमा लामो र गौरवपूर्ण सङ्घर्षको छविका साथ आफ्नो क्रान्तिकारी अस्तित्वलाई कायम राख्न सफल भएको पार्टीलाई राजनीतिक दृश्यबाट गुमनाम बनाउनु ।

    त्यसका लागि उनीहरूले हाम्रो पार्टीभित्रको विचारधारात्मक संघर्षको भूमिलाई आफ्नो कवाज खेल्ने मैदान बनाउन खोजेका थिए । तर उनीहरू त्यसमा पूरा असफल भएका छन् र भविष्यमा पनि पूरै असफल हुने छन् । किनभने यो कुरा स्पष्ट छ कि मतमतान्तर भए पनि अनुशासन र सङ्गठनात्मक मूल्यलाई कडाइपूर्वक आत्मसात् गर्दै निर्णयको कार्यान्वयन नै पार्टीलाई एकताबद्ध बनाइरहने सबभन्दा ठुलो अस्त्र हो । यो कुरा वास्तविक रूपले दुईलाइनको संघर्षमा भाग लिएका सबै पार्टी सदस्यले बुझ्दछन् ।

    त्यसैले आठौँ महाधिवेशनपछि पार्टी बहुमत र अल्पमतमा होइन, एकताबद्ध भएर आठौँ महाधिवेशनले निर्णय गरेका विषयलाई लागु गराउन प्रतिबद्ध छ । तपाईले कुनै पनि पार्टी सदस्यलाई यो प्रश्न गर्न सक्नुहुन्छ : तपाईको अहिलेको जिम्मेवारी के हो? यसमा उत्तर हुने छ: आठौँ महाधिवेशनका निर्णयको कार्यान्वयन । अर्को महाधिवेशनको सिलसिलामा तपाईले यो प्रश्न सोध्न सक्नुहुन्छ : तपाईको अहिलेको विचार के हो ? यसमा उत्तर हुने छ: आफ्नो विचारको विजयका लागि काम गर्नु ।

    पार्टी विरोधी तत्वले हाम्रो पार्टीलाई दक्षिणपन्थी आरोप लगाएर खेल्न खोजेको देखिन्छ । उनीहरूका सामाजिक सञ्जालमा त्यस्ता कुतर्क पाइन्छन् । माओलाई उनीहरूले सामाजिक सञ्जालमा प्रदर्शन गरेर आफूलाई ‘क्रान्तिकारी’ देखाउने होशियारी अपनाएको पनि पाइन्छ । तर त्यसरी कोही पनि क्रान्तिकारी हुँदैन र दक्षिणपन्थी विचारका विरुद्ध पनि लड्न सक्दैन । माओले अनुशासन र कार्यपद्धतिबिना दक्षिणपन्थी विचारका विरुद्ध लडेका थिएनन् । अनुशासनविहीन र अराजकको हुलमा आफूलाई उभ्याएको भए र स्वयम् आफ्नो पार्टीलाई भत्काएर माओलाई दक्षिणपन्थी विचारका विरुद्ध लड्न सम्भव हुने थिएन ।

    माओको ‘मुख्यालयमााथि बम वर्षाऊ’ भन्ने भनाइको अराजकतावादीले धेरै नै दुरूपयोग गर्दै आएका छन् । तर वास्तवमा उनीहरूले माओको त्यो भनाइको दुरूपयोग गरेर के गर्दै छन् भन्ने कुराको पटक–पटक छिनोफानो पनि हुँदै आएको छ । हाम्रो पार्टीको जीवनमा माओको त्यो भनाइको दुरूपयोग गरेर आफ्नो पतनको खाडल धेरैले खनेका छन् । हाम्रो पार्टीलाई ‘दक्षिणपन्थी’ को बिल्ला भिराउँदै सामाजिक सञ्जालमा छद्म नाम वा वास्तविक नामबाट पनि व्यक्त भइरहेका ती ‘क्रान्तिकारी’ का केही भनाइ तल दिइएको छ :

    * जो जहाँ जहाँ रहे पनि सबै उस्तै उस्तै छन् (अर्थ– भेद केही छैन, त्यसैले बुर्जुवा र कम्युनिस्ट पार्टी एउटै हुन्) ।

    * अनि यो के नाटक हो ? पार्टीबाट अनिश्चित कालीन मुद्दा लागेर हटेकाले जेसुकै गरुन्, केको ठ्यासठ्यास हो ? (अर्थ– पार्टीबाट निष्काशितले पार्टीमाथि आक्रमण गर्न पाउनुपर्छ, पार्टीले त्यसका विरुद्ध केही पनि गर्नु हुँदैन) ।

    * पानीमाथिको ओभानो बन्ने ? (अर्थ– पार्टीबाट निष्काशित मानिस सही थिए, पार्टी गलत हो) ।

    * घिनलाग्दो जुहारी (अर्थ– पार्टीले कुनै विषयमा स्पष्टीकरण दिन पाइन्न, यदि त्यसो गरेमा घिनलाग्दो जुहारी खेलेको हुन्छ) ।

    * केपी–पिके कम्पनीतिर विलीन गरे राम्रो हुने हो, कतिञ्जेल ल्याङल्याङ हो ? न गरिखानु न मरिजानु (अर्थ– पार्टीलाई केपीको पार्टीमा विलय गराए हुन्छ भन्ने ‘क्रान्तिकारी’ सुझाव) ।

    * चिन्ता होइन, चिन्तन गरौँ, गन्थन होइन, मन्थन गरौँ, ठेकेदार होइन, चौकिदार बनौँ । खबरदारी गरौँ, होशियार बनौँ । अरूको मतियार होइन, हामी अंशियार बनौँ (अर्थ– पार्टीका घोषित नीतिका विरुद्ध लागौँ) ।

    * छानी छानी कारबाही गर्दै निष्कासन गर्दै जाने हो भने एकदिन पार्टी अहिलेको नेकपाभन्दा नि ठुलो हुने छ (अर्थ– पार्टीको नीति, अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गर्नु हुँदैन) ।

    * अनुशासन पनि सापेक्षतामा हुन्छ हजुर । (अर्थ– आफूलाई अनुकूल लागेन भने अनुशासन मान्नुपर्दैन) ।

    * यिनीहरूले पार्टी फुटाउन फरक मत लिएका हुन् । …यिनीहरू ‘रअ’ का एजेन्ट हुन । …यिनिहरू दुश्मनका एजेन्ट हुन । …यिनीहरूले पार्टी फुटाल्छन । …यिनीहरू पार्टी विरोधी हुन । …यिनीहरू घुसपैठिया हुन । ….यिनीहरूले नेतृत्वका लागि फरक मत राखेका हुन । …यिनीहरू सङ्कीर्णवादी हुन । यिनीहरूले पार्टीको गोपनीयता भङ्ग गरे । … ‘रअ’ ले पार्टीमा फुट पार्न खोजेको छ (अर्थ– ‘क्रान्तिकारी’ माथि पार्टीले आरोप लगाएको थियो भनेर गरिएको ‘क्रान्तिकारी’ सङ्घर्ष) ।

    * मसाल चित्रबहादुर र मोहनविक्रम सिंहबाहेक कसैले बोल्न, सभा गर्न पाउँदैन । (अर्थ– मोहनविक्रम र चित्रबहादुर केसीलाई पार्टी जीवनको दृश्यबाट हटाउनुपर्दछ) ।

    * आफ्ना कार्यकर्तालाई कारबाही गर, ताक परे तिवारी नत्र गोतामे गर्दै पार्टी चेन्ज गर्दै हिड्ने अवसरवादी कार्याकर्ताको भर गर । (अर्थ– पार्टीको अनुशासनको उल्लङ्घन गर्नेहरू कार्यकर्ता हुन् र पार्टीको अनुशासनमा जोड दिनेहरू अवसरवादी कार्यकर्ता हुन्)

    * मसाल वान म्यान वान पार्टीजस्तो हो । मोहनविक्रम नै हो उक्त सबैथोक… (अर्थ– मोहनविक्रम विरुद्ध आक्रमण) ।

    * पार्टीलाई निजी गुठी बनाउने विरुद्ध सङ्घर्ष आवश्यक देखियो (अर्थ– पार्टी अनुशासन र घोषित नीतिको कार्यान्वयनमा जोड दिनु पार्टीलाई निजी गुठी बनाउनु हो, त्यसैले त्यसका विरुद्ध सङ्घर्षको आवश्यक छ) ।

    सामाजिक सञ्जालमा यस्ता कैयौँ फेसबुक स्टाटस र टिप्पणी उल्लेख भएका छन् । यस्ता कुराहरू सामाजिक सञ्जालमा प्रसारण गर्नेले पार्टीलाई फुटाउन हैन, सहयोग गर्नका लागि काम गरेको दाबी पनि गरेका छन् । सम्भवतः उनीहरू पार्टी सदस्य नहुन सक्दछन् । हाम्रो पार्टीका विरुद्ध वर्षौँदेखि इबी साँधेर बसेका कुनै कुण्ठाग्रस्त मानिस पनि हुन सक्दछन् ।

    हाम्रो पार्टीका विरोधी तत्व पनि हुन सक्दछन् । पार्टीबाट निष्काशित मानिस पनि हुन सक्दछन् । उनीहरूले हाम्रो पार्टीलाई ध्वस्त गर्नका लागि न्वारनदेखिको बल लगाउन सक्दछन् । त्यसैले उनीहरू सोसियल मिडियामा नाङ्गो रूपले प्रस्तुत हुन सक्दछन् । त्यसमा हाम्रो कुनै आपत्ति छैन । तर त्यस प्रकारको कार्यमा कुनै पार्टी सदस्यको पनि संलग्नता छ भने त्यो पूरै खेदजनक छ । उनीहरूले आफूलाई छिट्टै सुधार गरेर पार्टी अनुशासनको साँँचोमा आफूलाई ढाल्नु आवश्यक छ ।

    माथि उल्लेखित केही उदाहरणबाट हाम्रो पार्टीलाई ध्वस्त पार्ने ध्येयका साथ केही मानिसले ठुलो प्रयत्न गरेका छन् भन्ने कुरा बुझिन आउँछ । उनीहरूले सामाजिक सञ्जालमा पार्टीको खुब निन्दा गरेका छन् र हाम्रो पार्टी नेतृत्वमाथि आक्रमण गरेका छन् । उनीहरूले जताततै जोड दिएको कुरा हो, पार्टी दक्षिणपन्थी दिशामा गएकाले आफूहरूले ‘क्रान्तिकारी’ अभियान चलाइरहेका छन् । उनीहरूको भनाइ छ कि मोहनविक्रम र चित्रबहादुर केसीको विरोध गरेपछि ‘महान् क्रान्तिकारी’ हुन सकिन्छ, तर पार्टीका नीति, अनुशासन र कार्यक्रम मान्नेहरू मोहनविक्रम र चित्रबहादुर केसीका हनुमान, कपडा धुने धोबी आदि आदि हुन् । हजारौँ–हजारौँ सदस्यलाई त्यसरी अपमान गर्नेमा कतिपय कथित बुद्धिजीवी पनि देखिन्छन् । सामान्य लेखकीय धर्मको नाश गरेर नग्न प्रकारले प्रस्तुत हुने ती कथित बुद्धिजीवीको वास्तविकतालाई भविष्यले स्पष्ट गर्ने छ । उनीहरूले के गर्ने छन् ? दक्षिणपन्थी पार्टीभित्रै बसेर ‘क्रान्तिकारी’ कुरा गर्ने छन् वा क्रान्तिकारी पार्टी निर्माण गरेर क्रान्तिको दायित्व पूरा गर्ने छन् ? त्यो हामी भन्न सक्दैनौँ, छिट्टै नै भविष्यले प्रमाणित गर्ने छ ।

    त्यस प्रकारको अराजनीतिक तरिकाबाट ‘दक्षिणपन्थी’ विरुद्धका लडाइँ लड्ने भनेर सामाजिक सञ्जालमा व्यक्त हुनुका सट्टा उनीहरूले देखेको ‘क्रान्तिकारी’ सपनालाई सङ्गठित गरेर देशको निम्ति सानोतिनो राजनीतिक कार्य गर्न सके पनि राम्रो हुने छ । तर सामाजिक सञ्जालमा हाम्रो पार्टी र पार्टी नेतृत्वको विरुद्धमा मात्र अफवाह फैलाएर यस प्रकारको कार्य गर्दछन् भने उनीहरू हाम्रो पार्टीका विरुद्धमा खटिएका तत्वबाहेक अरू केही पनि सावित हुने छैनन् ।

    पार्टीलाई ध्वस्त पार्न खोज्नेले पार्टीका पक्षबाट पैरवी भएका अभिमतमाथि पनि आक्रमण गरेका छन् । पार्टीका घोषित नीति र कार्यक्रमको पक्षबाट व्यक्त गरिने अभिमत पार्टीनीतिको प्रचार–प्रसार नै हुन् । तिनीहरूले पार्टीका घोषित मूल्यलाई जनताको विभिन्न तहमा पु-याउने काम गर्दछन् । तिनीहरूमाथि पार्टीले ध्यान दिन्छ र पार्टी, कुनै पार्टी सदस्य वा समर्थकमाथि प्रहार भएको वा लाञ्छना लाग्ने अर्थ आएमा आफ्नो अभिमत सार्वजनिक गर्ने साथीलाई त्यस विषयमा ध्यान आकर्षण गराउँछ ।

    सम्बन्धित साथी पार्टी सदस्य हुन् वा होइनन् भन्ने कुरालाई प्राथमिकतामा राखेर विचार गरिन्छ । एउटा पार्टी सदस्यका लागि पार्टीको घोषित नीति, कार्यक्रम र अनुशासनको प्रचार, प्रसार र त्यसलाई जनताको बिचमा स्थापित गर्ने प्रयत्न गर्नु मुख्य जिम्मेवारी हुन्छ । त्यसअनुसार विभिन्न जिम्मेवारी बहन गर्दै पार्टीले निर्माण गरेको विधि तथा अनुशासनको माध्ययमबाट नीति र कार्यक्रमलाई पार्टी सदस्यले प्रचार प्रसार गर्नुपर्दछ । तिनीहरूको प्रस्तुति ठिक ढङ्गले भएको छ वा छैन भन्ने कुरालाई पार्टीले सधैँ ध्यानमा राख्दछ ।

    पार्टीभित्र मत–मतान्तर हुन्छन् । त्यसरी मत–मतान्तर भए पनि पार्टी अनुशासनको कसीमा रहेर नीति र निर्णयको कार्यान्वयन गर्ने काममा सम्पूर्ण पार्टी सदस्य एकताबद्ध हुनुपर्दछ । पार्टीमा सबै जना एउटै मतका हुन्छन् भन्ने पनि हुँदैन तर पार्टीमा निर्णयको कार्यान्वयन एकमतले नै हुन्छ भन्ने हो । त्यसैगरी पार्टीभित्र कुनै विषयमा विवाद पैदा हुन सक्दछ ।

    त्यस सन्दर्भमा आम पार्टी सदस्यले मुख्यतः दुईवटा कुरा साझा रूपले स्वीकार गर्दछन् : पहिलो– अनुशासन, दोश्रो– निर्णयको कार्यान्वयन । जनवाद कार्यान्वयनमा आएको बेलामा सबै पार्टी सदस्यले विवादित विषयमा आफ्नो राय राख्न पाउँछन् र आफ्नो विषयलाई बहुमतद्वारा पारित पनि गराउन सक्दछन् । यो अवस्था विषय र त्यससम्बन्धी गरिने छलफल र त्यसबारे लिइने निर्णयका बिचको जनवादको अवधि हो । जनवादको प्रयोग कम्युनिस्ट पार्टीमा छाडा प्रकारले हुँदैन । जनवाद लागु भएको बेलामा कुनै पनि पार्टी सदस्यको मत महत्वपूर्ण हुन्छ । पार्टी सदस्यको राय, सल्लाह र विचारबाट कुनै विषयको निर्णयमा धेरै नै परिपक्वता र ठोस हुन्छ ।

    त्यही कार्य सम्पन्न गर्नका लागि कम्युनिस्ट पार्टीले विशेष निर्णयको समयमा जनवादलाई फराकिलो पारेको हुन्छ । महाधिवेशनको अवधिमा जनवादको घेरा फराकिलो हुन्छ, अन्य समयमा प्रक्रियागतअनुसार नै जनवादको प्रयोग गर्नुपर्दछ । यसको अर्थ हो– जनवादलाई ठिक ठाउँमा प्रयोग गर्नुपर्दछ, पार्टी सदस्यले त्यसलाई सही ठाउँमा जतिबेला पनि प्रयोग गर्न सक्दछ । यो भनेको घोषित नीतिभन्दा फरक कुराको प्रसारण गर्नुहुँदैन । यदि त्यस प्रकारको कार्य भयो भने त्यो राम्रो भए पनि निर्णय विपरीत हुन्छ ।

    हाम्रो पार्टीको आठौँ महाधिवेशनले पक्ष–विपक्ष विचारलाई कार्यान्वयनको मैदानबाट बिदा गरिसकेको छ । त्यहाँ एकमतका साथ कार्यान्वयन गर्ने कुराबाहेक अर्को सिद्धान्त लागु गर्न मिल्दैन । तर पक्षविपक्ष विचार सधैँका लागि परित्यक्त भएका हुन्छन् भनेर भन्न मिल्दैन । ती विचार छलफलको क्रममा अर्को निर्णयका लागि पुनर्जीवित भएर आउन पनि सक्दछन् । जनवादको प्रयोग भएको बेलामा ती विचारलाई पुनः छलफलमा ल्याउने अधिकार सबै पार्टी सदस्यलाई हुन्छ । यसरी पार्टी सदस्यले आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने पार्टीको परम्परा रहँदै आएको छ ।

    सामाजिक सञ्जालमा पार्टीको विरोध गरेर अफवाह फैलाउने काम पार्टी सदस्यले गर्दैनन् । पार्टी सदस्यले पार्टी नीतिको रक्षाका लागि पहल गर्नु स्वभाविक हुन्छ । त्यसरी नीतिको रक्षा गर्ने काममा सबै सदस्यले एकताबद्ध भएर नै गर्नुपर्दछ । अनुशासन भनेको त्यही हो । अफवाहबाट पार्टीको रक्षा हुन सक्यो भने मात्र प्रत्येक पार्टी सदस्यको विचारको रक्षा हुन सक्दछ, नत्र शत्रुको प्रयोगमा गई पार्टी कमजोर बन्न जाने सम्भावना बढेर जान्छ ।

    अहिले सामाजिक सञ्जालमा अफवाह फैलाउने काम पार्टीका विरोधीले नै गर्ने गरेका छन् । कुनै कारणवश पार्टी सदस्य त्यसमा मिसिन पुगेका छन्, उनीहरूलाई सच्चिनका लागि ध्यान आकर्षण गर्नुपर्दछ । सबै पार्टी सदस्यले यो बुझ्नुपर्दछ– हजारौँहजार पार्टी सदस्य पार्टीको अनुशासनमा छन्, उनीहरूले अनुशासनको रक्षा गरेका छन् । किनभने अनुशासनको रक्षा गर्ने सदस्यको मुख्य सम्पत्ति पार्टी हो । अरू वैचारिक कुराको त छिनोफानो हुँदै जान्छ । त्यसमा आत्तिनुपर्ने र मात्तिनुपर्ने कुरा केही हुँदैन ।

    बुधबार, चैत ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.