• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सतर्कतापूर्वक अभियान चलाउन अध्यक्ष केसीको अपिल


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चैत्र महिनाभर सञ्चालन गर्न लागिएको विशेष संगठनात्मक अभियान सतर्कतापूर्वक अघि बढाउन अपिल गर्नुभएको छ ।

    Advertisement

    मंगलबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न ठुला भेला सम्मेलन नगर्न, बन्द ठाउँमा कार्यक्रम नराख्न सतर्कतापूर्वक अभियान अघि बढाउन आग्रह गर्नुभएको हो ।

    राजमोले फागुन महिनाभर सञ्चालन गरेको संगठनात्मक अभियान उत्साहजनक भएपछि एक महिना थप गरी चैत महिनामा पनि अभियान जारी राख्ने निर्णय गरेको हो । पहिलो चरणमा सदस्यता वितरणमा जोड दिएको राजमोले पछिल्लो चरणमा संगठन विस्तारमा जोड दिने जनाएको छ ।

    अध्यक्ष केसीले संकटको मौका छोपी बजारमा दैनिक उपभोग्य सामानमा कालोबजारी गरिएको भन्दै प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गर्नुभएको छ ।

    यस्तै, उहाँले सीमा सर्वे टोलीले भारतले मिचेको नेपालको भूभाग वैधानिक रुपमै भारतमा गाभ्न खोजिएको प्रति पनि आपत्ति प्रकट गर्नुभएको छ । हालै नेपाल भारत सीमा सर्वे टोलीले कञ्चनपुरमा नेपाली भूभाग मिचेर सीमा पिलर खडा गरेपछि त्यसको व्यापक विरोध भएको छ ।

    वक्तव्यमा भनिएको छः ‘फागुन महिनामा उत्साहजनक रुपमा सञ्चालित राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान चैत्र महिनामा पनि जारी रहने छ । संगठनात्मक अभियानका बाँकी रहेका कामहरु चैत्र महिनामा पूरा गरिनेछन् । स्थानीय संगठनहरुको निर्माण र सदस्यता वितरणको कार्यलाई मुख्य ध्यानमा राख्दै चैत्र महिनाको संगठनात्मक अभियान सम्पन्न गरिने छ । कोरना भाइरसको महामारी विश्वव्यापी रुपमा रहेकोले व्यापक जनभेला र बन्द स्थानमा नगरी सचेत र सर्तकतापूर्वक संगठनात्मक अभियानको कार्यलाई अगाडि बढाउन हामी सबै नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

    कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिका–३ बैवाहमा भारतले सीमा अतिक्रमण गरी निर्माण गरेको नेपाल–भारत सीमास्तम्भ स्थानीयवासीले भत्काएको घटनाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । स्थानीय जनताले गरेको त्यो साहसिक कार्यप्रति हाम्रो पार्टीले सह्राना गर्दै ऐक्यवद्धता प्रकट गर्दछ ।

    सन् १९८१ मा नेपाल र भारतका बीच गठित प्राविधिक समितिले नेपाल भारतको सीमाको सीमाकंन गर्ने उद्देश्यले झण्डै २६ वर्ष लगाएर सीमांकन गरी सो समिति सन् २००७ सालमा विघटन भएको थियो । सीमाकंनको दौरानमा १८३ थान स्ट्रेप नक्शा तयार गरी आ–आफनो देशको सरकारलाई बुझाएको थियो । तिनै नक्साका आधारमा कंचनपुरदेखि लिएर झापासम्म नेपाल र भारतले संयुक्त रुपमा सीमास्तम्भ निर्माणको कार्य अगाडि बढाएका छन् ।

    त्यो कार्यको दौरानमा नेपालको नेपाली जनताको लामो समयदेखि भोग चलन गरी आएको लालपूर्जा प्राप्त जग्गा, स्थानीय विद्यालयको नाममा रहेका जग्गा, नहर र स्वयम् भारतको लगानीमा निर्माणाधीन हुलाकी सडकको बेल्डाँडी– बेलौरी खण्ड भारततर्फ पर्न गएको छ । त्यसैगरी बेलौरी, पुनर्वास तथा भीमदत्त नगरपालिकामा पनि त्यही प्रकारको समस्या देखा परेको छ । ती समस्याहरुलाई हेर्दा यो भन्नका लागि प्रर्याप्त आधार छ कि दुबै देशले दावी गरे अनुसार नेपाल र भारत बीचको ९७ प्रतिशत सीमा समस्या समाधान भएको दावीको खोक्रोपना उजागर भएको छ ।

    विधिवत रुपमा नेपालको भूमि भारततर्फ गाभ्ने काम भएको छ । सीमांकनको दौरानमा नेपाल पक्षका प्राविधिहरुले नेपालतर्फका स्थानीय जनता, लालपूर्जा प्राप्त किसान, स्थानीय जनप्रतिनिधि तथा नेपाल सरकारका कार्यालयमा भएका आधिकारिक अभिलेखहरुलाई नहेरी नबुझी भारतको प्रभाव र दबावमा नक्शा तयार पारेको परिणाम नै अहिले देखा परेको समस्या हो । तसर्थ गलत ढंगबाट तयार गरिएको सीमांकनको पुनरावलोकन हुनुपर्दछ र सीमास्तम्भ निर्माणको कार्य तत्काल रोकिनुपर्दछ ।

    अहिले विश्वव्यापी रुपमा कोरना भाइरसको महामारी फैलिएको छ । नेपालमा अहिलेसम्म कोरना भाइरसबाट बच्ने सन्तोजनक र भरपर्दो तयारी गरिएको देखिंदैन । समयमा नै त्यससम्बन्धी तयारी गर्न नसकेमा त्यसबाट धेरै ठूलो क्षति हुन सक्ने सम्भावना छ । नेपाल कोरना भाइरसको उच्च जोखिममा रहेकोले त्यो महामारीबाट हुनसक्ने क्षतिबाट बच्नका लागि नेपाल सरकारले पूरा ध्यान दिनुपर्दछ । स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सरकारले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

    अन्तराष्ट्रिय विमानस्थलमा भरपर्दो स्वास्थ्य जाँच व्यवस्था गर्नका साथै नेपालका अस्पतालहरुलाई सतर्क र तयारी अवस्थामा रहनका लागि सरकारले पूरा ध्यान दिनु आवश्यक छ । सामूहिक जीवनशैलीमा रहेका जनसमुदाय, यातायात, विद्यालय, कलेज र अन्य सार्वजनिक स्थलहरुमा जनताको स्वास्थ्य स्थितिबारे गम्भीर हुन हामी सरकारको ध्यान आर्कषित गर्दछौँ ।

    यस सन्दर्भमा कोरना भाइरसको सन्त्राससँगै कालोबजारी पनि व्यापक रुपले बढेर जान थालेको छ । मास्क र बिभिन्न सरसफाइसम्बन्धीका सामग्री, ग्यास र बिभिन्न खाद्य पदार्थहरुको कृतिम अभाव खडा गरी कालोवजारी बढेको छ । त्यसप्रकारको कालोबजारीलाई पूरै निरुत्साहित गरी आवश्यक कारवाही चलाउँदै सर्वसाधारण जनतालाई सुलभ र सहज रुपमा ती उपभोग्य सामग्रीहरु प्राप्त हुने व्यवस्था गर्न सरकारलाई हामी ध्यान आकर्षित गर्दछौँ । यसै सन्दर्भमा विश्वव्यापी महामारीको रुपमा रहेको कोरना भाइरसको समस्याविरुद्ध लड्न सार्क राष्ट्रहरुले प्रकट गरेको ऐक्यवद्धतालाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।’

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.