काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्रा र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता भएको छ ।
राजदूत क्वात्राले मंगलबार जंगी अड्डामा प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता गरेका जंगी अड्डाले जनाएको छ ।
Advertisement
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।