• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्छ : केसी (भिडियोसहित)


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    २०८० असोज १९ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयक–२०८० बारे धारणा राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘मुलुकको यो दुर्दशा हुनुका पछाडि मुलुकको शिक्षाप्रणालीमा भएको खराबी हो’ उहाँले भन्नुभयो– ‘यदि हामी देशलाई ठिक ठाउँमा लैजान चाहान्छौँ भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्दछ ।’

    शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा राज्यले नलिने देशको विकास नभएको प्रसङ्ग जोड्दै अध्यक्ष केसीले नेपालमा शिक्षाको निजीकरण र व्यापारीकरण भएकाले देशको अवस्था गम्भीर भएको बताउनुभयो ।

    उहाँले राज्यले नै शिक्षाको निजीकरण र व्यापारीकरणतर्फ जोड दिएको प्रमाण पेस गर्दै भन्नुभयो– ‘हामीले यहाँ त शिक्षाको निजीकरण र व्यापारीकरण गर्नेलाई मन्त्री नै बनाउँछौँ ।’

    अहिलेको शिक्षाप्रणालीले विद्यार्थीहरूलाई देशको भूगोल, इतिहास, परम्परा, राष्ट्रियता आदिबारे जानकारी नदिएको बताउँदै उहाँले त्यसैको परिणामस्वरूप विद्यार्थीमाझ ‘देशभित्रै केही हुन्न’ भन्ने मनोविज्ञान विकास भएको बताउनुभयो ।

    ‘देशमा केही हुन्न भनेपछि कहाँ जाने त ?’ उहाँले भन्नुभयो– ‘त्यसपछि अमेरिका, बेलायत, अस्ट्रेलिया जाने, त्यहाँ पनि सकिएन भने पढ्ने निहुँमा जापान जाने ।’

    राज्यको दलीयकरण भयो

    अध्यक्ष केसीले राज्यको दलीयकरण भएकाले नै शिक्षालाई स्थानीय तहलाई दिने प्रस्ताव आउँदा लाखौँ शिक्षक आन्दोलनमा उत्रिएको बताउनुभयो ।

    ‘शिक्षा स्थानीय तहलाई दिऊँभन्दा लाखौँ शिक्षक राजधानीमा आए आन्दोलन गर्न । किन आए उनीहरू ?’ उहाँले भन्नुभयो– ‘किनकि हामीले राज्यको यतिसम्म दलीयकरण गरेका छौँ, शिक्षा स्थानीय तहलाई दिने हो भने आफ्नो दलकालाई मात्र राख्ने, भिन्नमत राख्नेलाई त्यहाँ बसिखान दिन्नन् भनेरै शिक्षकहरू आन्दोलनमा आए ।’

    सांसद केसीले सैद्धान्तिक रूपमा शिक्षा निजी क्षेत्रलाई दिनु सही भएको दाबी गर्नुभयो ।

    निजामती कर्मचारीसरह सुविधा शिक्षकलाई दिऊँ

    मन्तव्यको क्रममा अध्यक्ष केसीले निजामती कर्मचारीलाई जस्तै शिक्षकलाई पनि सेवासुविधा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘शिक्षकहरूलाई निजामती कर्मचारीसरह सेवासुविधा दिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘यदि त्यसो गरिएन भने नेपालको शिक्षाप्रणाली यहाँभन्दा पनि खत्तम भएर जान्छ ।

    धेरै थरी शिक्षक नबनाऔँ

    अध्यक्ष केसीले शिक्षकलाई धेरै थरी तहमा विभाजन गर्ने विषयप्रति विमति राख्नुभयो ।

    ‘दसौँ थरी शिक्षकहरू छन् । किन चाहियो यति थरीका विभाजन ?’ उहाँले भन्नुभयो– ‘एउटै प्रकारका शिक्षक बनाऔँ शिक्षकहरूमा धेरै तह नबनाऔँ । यसले उनीहरूको माझमा भेदभाव बढ्छ ।’

    हतारमा विधेयक पास नगरौँ

    सांसद केसीले शिक्षा विधेयकमाथि व्यापक र गम्भीर छलफल हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    ‘शिक्षा विधेयक आयो, राम्रो भयो’ उहाँले भन्नुभयो– ‘शिक्षा विधेयक नआएको भए त यतिका छलफल नै हुन सक्दैनथ्यो ।’

    उहाँले शिक्षा गम्भीर विषय भएकाले यसबारे गम्भीर प्रकारले छलफल गरेर मात्रै शिक्षा विधेयकलाई पास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    https://youtu.be/OATiYr_RopY
    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.