दैलेख । राष्ट्रिय जनमोर्चाले एक महिनासम्म सञ्चालन गरेको विशेष संगठनात्मक अभियान शनिबार भगवतीमाई गाउँपालिकाको बेस्तडामा समापन भएको छ ।
उक्त समापन कार्यक्रममा प्रमुख अथिती तथा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले सम्बोधन गर्दै किसान र मजदुर लगायत आम जनता राजनीतिबाट अलग नबस्न अनुरोध गर्नु भयो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, नेकपा (मसाल)का जिल्ला प्रतिनिधि पुर्णबहादुर शाही, राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष अम्बर नेपाली र भगवतीमाई गाउँपालीका अध्यक्ष नर बहादुर सिंह लगायतका नेताले सम्वोधन गर्नुभयो । कार्यक्रको सञ्चालन राजमो जिल्ला सदस्य जनक रेग्मीले गर्नुभएको थियो ।
यो पनिः
माओवादीले आक्रमण गरेको दुल्लुमा राजमोको भव्य स्वागत
तत्कालिन माओवादीका जिल्ला सदस्य राजमोमा प्रवेश
दैलेखमा उत्साहपुर्ण संगठन निर्माण अभियान
नेकपा नेतासहित दैलेखका दुई गाउँ पुरै राजमोमा प्रवेश
नेविसंघ कोषाध्यक्षको नेतृत्वमा दर्जनौं विद्यार्थी अखिल (छैठौं) प्रवेश
दैलेखी जनतामा राजमो प्रवेशको लहर