• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तिज पर्वमा बढ्दै गइरहेको विकृति


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • देवनारायण पोखरेल ##

    Advertisement

    तिज सदियौँदेखि चलिआएको जीवन्त संस्कृति हो । पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवम् आध्यात्मिक ग्रन्थहरूमा, खास गरी स्कन्दपुराण र भविष्योत्तर पुराणमा व्याख्या भएअनुसार राजा हिमालयले आफ्नी पुत्री गौरीको विवाह भगवान् विष्णुसँग गरिदिने निधो गरेपश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा) विकट स्थानमा पुर्‍याए । त्यही गौरी (पार्वती) ले कठोर तपस्या गरिन् । उनको तपस्याबाट महादेव प्रशन्न भएर भदौ महिनाको शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन स्वयम् प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिए । तपस्या सफल तुल्याइदिएकाले हरेक वर्ष भदौ महिनाको शुक्ल पक्षको तृतीयाका दिन तिज पर्व मनाउने गरियो ।

    त्यस्तै, सखीहरू (आलिका) बाट हरेर तपस्या गराई सफल भएकाले तिज पर्वलाई हरितालिका तिज पनि भन्ने गरिएको पाइन्छ ।
    तिज पर्व अहिले नेपालमा मात्र नभएर भारतका विभिन्न स्थानमा मनाउने गरेको पाइन्छ । यस पर्वलाई हरियाली तिज, काजरी तिज, केभाडा तिज, अखा तिज, काजल तिज, तिजरी तिज आदि आदि नामबाट पनि मनाइन्छ । कतै कतै वैशाख तथा साउन महिनामा पनि मनाउने गरिन्छ तर समग्रमा तिजको महत्त्व र मान्यता समान देखिन्छ ।

    हरितालिका तिज नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसँग मनाउने गरिन्छ । अहिले आएर संसारका विभिन्न देशमा नेपाली र भारतीय समुदायले तिज पर्व मनाएको पाइन्छ । खास गरी नेपाली समुदायले विदेशमा विशेष पर्वको रूपमा हरितालिका तिज पर्व अत्यन्तै धुमधामसँग मनाउँंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नुपर्दा यो पर्व नेपालीको सांस्कृतिक पहिचानको रूपमा विदेशमा समेत परिचित भइराखेको पनि देखिन्छ ।

    पुरातन कालमा सञ्चार र चेतनाको कमी थियो । त्यसले गर्दा चेलिबेटी विवाह भएपछि आफ्नो घरमा मात्र केन्द्रित हुन्थे । त्यो बेला छोरी र बुहारीमा ठुलो भिन्नता थियो । त्यसले गर्दा तिज मात्र यस्तो समय थियो, जुन बेला बुहारीले आफ्ना सुखदुख नाचगानमार्फत व्यक्त गर्न अवसर पाउथे ।

    त्यति बेला माइती आफ्ना चेलिबेटी लिन उनीहरूका घर जान्थे । माइती नआएमा माइत आउन पाउँदैनथे । त्यस समयमा उनीहरू ज्यादै दुखी हुन्थे । तिजको समयमा चेलिबेटीहरू आफ्ना दाजुभाइलाई पर्खिरहेका हुन्थे । जब चेलिबेटीहरू माइत आउथे, उनीहरू दर खाएर अत्यन्तै खुसी भई तिज मनाउथे । गाउँघरका सबै चेलिबेटी भेला भएर सुखदु:ख साटासाट गर्ने गर्थे तर आजको व्यस्त समाजमा दिनप्रतिदिन चुनौती बढ्दै गइरहेको छ ।

    सञ्चार, चेतना, यातायात र अवसरको बढ्दो विकासले सहज वातारण सृजना गरेको छ । तिज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवम् तात्त्विक महत्त्व रहेको पनि छ ।

    त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्त्वले ओतप्रोत छन् । सामाजिक सद्भाव, मेलमिलाप एवम् समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौँहजार वर्षदेखि यो चाड मनाइदै आएको पनि छ । यो चाडले सांस्कृतिक रीतिरिवाज परम्परा एवम् गीतसङ्गीत अनि भेषभुषालाई संरक्षण र सवद्र्धन गर्दै आएको छ । हालका दिनमा संसारभर छरिएर रहेका नेपालीमार्फत तिजको माध्यमबाट सांस्कृतिक पहिचान गराउने काम भइरहेको छ ।

    समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवम् सृजनशील परिवर्तनले समाज र सभ्यतालाई वैभवता प्रदान गर्दै विकासको उचाइमा पुर्‍याएका छन् । समयको बदलिँदो प्रवाह सँगसँगै नकारात्मक र असिर्जनशील परिवर्तनले समाज र सभ्यतालाई बद्नाम गर्दै विनाशको विन्दुसम्म पुर्‍याएका छन् ।

    तिज पर्व पनि समयको परिवर्तित चक्र सँगसँगै परिवर्तन हुँंदै आएको छ जबकि समयअनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरी परिवर्तन हुन आवश्यक छ । हिजो माइतीघर, ब्रत, पूजा, पँधेरो, चौतारो अनि मन्दिरमा सीमित हुने पर्व आज सहरबजार, बस्ती, व्यवसाय, विद्युतीय सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत हुँदै व्यापकता लिएको छ । हिँजो डम्फु, मादल, थपडी र मुर्चुङ्गामा गाइने तिजका भाका आज सुव्यवस्थित तबरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तिज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवम् साङ्गीतिक उपलब्धि हासिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यी सकारात्मक पक्ष पनि हुन् ।

    विगत केही वर्षदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता, सजिलो आयआर्जनको लोभमा तिज जस्तो पवित्र चाडलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको सिकार बनाइदै छ । “पोइल जान पाम” जस्ता गीत, डिस्कोमा तिज, छोटो लुगा आदि आदि हुँदै अगाडि बढेको तिजगीतको आधुनिक यात्राले यसपालिको तिजमा दरको साटो रक्सी खाइन्छ । “देखियो जामा फाटेर” सम्मको कुन उचाइ छोईराखेको छ ? थाहा छैन, यो आधुनिकताको स्वच्छन्द गतिले कुन उचाइ छुने हो ? यस्ता उच्छृङ्खल र छाडा गीतसङ्गीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्ििरयता र सहज आर्जन गराए पनि हाम्रो संस्कार, संस्कृति एवम् परम्परालाई पटक्कै फाइदा पुग्ने छैन ।

    जीवन्त समाज र सभ्यताका विनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलाप रोक्न सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । तिज पर्वलाई पश्चिमी छाडा संस्कृतिबाट उत्ताउलो वा भड्किलो हैन, समाजमा नारीमाथि हुने विभेद, असमानता, थिचोमिचोको विरुद्धमा समाज रूपान्तरणको दिशामा तिज पर्वलाई मनाउन सक्यौँ भने मात्र तिज पर्वप्रति न्याय गरिने हुने छ ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.