• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फागुन २४ पछि जनता प्रशिक्षण शिविरका सहभागीमाथि मुद्दा

"संक्षिप्त संस्मरण शृंखला–२९ "

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    (गताङ्कदेखि क्रमश:)

    फागुन २४ गतेको किसान आन्दोलनपछि झिम्रुक र लुङखोला दोभाननजिकैको बाटुलेचौरमा जिल्लाका सामन्त, साहु, जालिफटाह र मुखियाले सभा गरेर शिविरको “टुसो” लाई हुर्कन नपाउँदै नष्ट गरिदिने निर्णय गरेको कुराको पहिले नै चर्चा भइसकेको छ । त्यसपछि उनीहरूले तत्कालीन बडाहाकिम प्रतिमान बोहराकहाँ हाम्रा विरुद्ध उजुरी गरेको तर बडाहाकिमले त्यसबारे कुनै कारबाही नगरेको कुराको पनि पहिले नै चर्चा भइसकेको छ । त्यसपछि कम्युनिस्टसित मिलेको आरोपमा प्रतिमानलाई सिंहदरबारमा हाजिर गराइयो र प्युठानमा नयाँ बडाहाकिम पठाइयो । उनलाई कम्युनिस्टमाथि कडा दमन गर्ने निर्देशनका साथ प्युठान पठाइएको थियो ।

    प्युठान आउनेबित्तिकै उनले त्यो योजनाअनुसार काम गर्न थाले । त्यो योजनाअनुसार उनले हाम्रा विरुद्ध पुलिस वा जिल्लाका साहुमुखियाद्वारा हाम्रा विरुद्ध कैयौँ उजुरी हाल्न लगाए ।

    बागदुलामा हामी राती बास बसेको बेलामा दाउरा काट्न ल्याएको बन्चरोलाई हतियारको प्रमाणको रूपमा पेस गरेर हामीमाथि त्यो बेलाको गौँडामा सशस्त्र आक्रमण गर्न आएको भनेर आरोप लगाइएको थियो ।

    अन्तिममा त्यो मुद्दा सल्यान पुनरावेदन अदालतमा गयो । त्यसको फैसलामा प्युठानमा हामीलाई गिरफ्तार गरेपछि हाम्रो बयान लिँदा हाम्रा विरुद्ध परेका उजुरीको विवरण दिइएको थियो, जसको संक्षिप्त विवरण तल लेखिएअनुसार छ :

    • यो जिल्लामा ठाउँठाउँमा कम्युनिस्टले हिंसात्मक बैठक गरी जिल्लामा अशान्त वातावरण पैदा गर्न लागिरहेका छन् । बडाहाकिमलाई धपाई कम्युनिस्ट राज्य कायम गर्न भनी लुकिचोरी सभा/बैठक गरेको बुझिन्छ । त्यसका मुख्य नेता मोहनविक्रम हुन् । जिल्लाका सिधासाधा जनतालाई डरत्रास देखाएको बुझिन्छ भन्ने सु. टोपबहादुरको रिपोर्ट ।
    • फागुन ८ गते माडिखोलातर्फ मोहनविक्रम आई लुकिछिपी जनता भड्काई कम्युनिस्टको डरधाक देखाई अशान्ति फैलाउन खोजेको र सरकारलाई गाली गरी हिँडेको कुरा सुनी पक्राउ गर्न जाँदा थाहा छैन, कहाँ भागी बेपत्ता भयो । जिल्लामा मोहनविक्रम, सिद्धिमान, खिमविक्रमले जिल्लामा कम्युनिस्ट प्रचार गरी सिधा मानिसबाट स्वार्थसाधन गरिरहेको बुझँे भन्ने ह. मानबहादुरको रिपोर्ट ।
    • हाल आवादीको तामेल गर्दै यही फागुन १३ गते केही… सन्तुमारे…. लाग्दा बाटोमा खगुलाल गुरुङ हामीछेउ आएको । अलि पर पुग्दा इन्द्रमणि… नचिनेका २ जना आएपछि खगुलालसमेत हाम्रो…. अलि बेर पर पुग्दा बुटा, झ्याङबाट मोहनविक्रम निस्की, सिठी बजाई सो आवाजबाट ७०–७५ जना जवान ठाउँठाउँमा लुकिछिपी बसेका रहेछन् । सबै निस्की, हुल बाँधी, हामीछेउ आई घेरा बाँधी… यो कम्युनिस्टको राज्यमा यहाँ सरकारी काम गर्न दिँदैनौँ भनी मोहनविक्रम, खगुलालसमेतले भन्दा इन्द्रमणिसमेत… मानिस हामीउपर बार गर्न आउँदा ज्यान मार्ने भन्ने डरले ज्यान जोगाउनको निमित्त हाम्रो….. तानामाना जान्छ, कागज नजनाउनोस् । यसतर्फ अबदेखि सरकारी सरकारी काम गर्न आउँदैनौँ भनी भन्दा लौ भैगो भनि छोडी… सरकारी कागजपत्रसमेत जोगाई आएका छौँ भन्ने सु.वि. रणबहादुर र ना.स. मुक्ति प्रसादको रिपोट ।
    • श्री बडाहाकिम साहेबको अर्डरबमोजिम सिआइडीहरूले हालखबर बुझ्न जाँदा प्युठान बाँदिकोटको कौछे बस्ने मोहनविक्रम, माझकोट टिकुरी बस्ने अनिरुद्रसमेत नै सरकारको विरुद्ध षड्यन्त्र रची जिल्लामा अशान्त वातावरण गर्न खोजी, लुकिछिपी हिँडेका र यै फागुन २३ गते बाँदिकोट… मा सरकारको विरुद्ध हिंसात्मक रूपले सङ्घर्ष गर्ने कुराले बैठक गर्ने भन्ने कुरा यस कार्यालयमा सिआइडी पूर्णबहादुरले मौखिक रिपोर्ट गरेकाले जाहेर गरेको छु भन्ने सु. टोपबहादुरको रिपोर्ट ।
    • मोहनविक्रम, शेषमणि, अनिरुद्र शर्मासमेतले मरन्ठानातर्फ गाउँमा र अरू गाउँगाउँमा कम्युनिस्ट प्रचार गरी हिंसासाथ हिँडेको खबरले पक्रन खोज्दा भागी बेपत्ता भएको भन्ने ह. मानबहादुरको रिपोर्ट ।
    • बागदुलामा २०० जति मानिस… रुपले… बसेका छन्, भरे राती ८–९ बजे अड्डामा… बैठक हुँदै छ अरे भन्ने हल्ला सुनेकाले तर तहबिल कागजपत्रको सुरक्षा होस् भन्ने लक्ष्मीबहादुर खत्रीको रिपोर्ट ।
    • तल्लो नारिकोट बस्ने नन्दे गुरुङ, खगे गुरुङ, नारिकोट बस्ने लीले कामी, कालो कामी, बाँदिकोट बस्ने मोहनविक्रम घर्ती, खिमविक्रम, सिद्धिमान, तल्लो नारिकोट बस्ने… त.के. जोगी, तकमान बोहरा, तकेको छोरा छोटे, उपल्लो नारीकोट सिरा बस्ने रोमलाल जोगी… पदम गुरुङ, तल्लो नारीकोट बस्ने भेषमान गिरीसमेतका मानिसले कम्युनिस्ट प्रचार गरी हिँड्ने गरेको, पोहर साल हामीलाई पेस्तोल देखाई पाता फर्काई राती माथि ल्याई तीन दिनसम्म राखी जबरजस्ती चन्दा लिएका र हामीले भनेको मानेनौँ भने तिमीहरूको… जिउधन, स्वास्नीसमेत भन्न पाउँने छैनौँ भने मनपर्दो गरेबाट सो कुरा उस बखत् बडाहाकिमसँग उजुर गर्न जाँदा उल्टै मोहनविक्रमका पक्ष लागि हामीलाई हप्काइ पठाए । अहिले पनि जिल्लामा सरकार मान्दैनौँ । सरकार भनेका हामी नै हौँ भनी प्रचार गर्ने र स्थानीय सरकारलाई लगाउने कोसिसमा छन् । हामीलाई पनि हाम्रो साथ देऊ भनी मच्याउँदा हामी त्यस्तो अवैधानिक पार्टीमा लागि सरकारसँग लड्दैनौँ भन्दा हाम्रो सभा, बैठकमा अथवा बखत् बखत्मा हाम्रो पार्टीमा साथ चाहिँदो जिउधनको बल दिन्नौँ भनी तिमीहरूको धन लुट्छौँ, हामीसँग बन्दुक पेस्तोल छ अनि पेस्तोल, बन्दुकसमेत देखाई तर्साई १५–२० दिनदेखि पटक पटक तर्साउँदै छन् । हाकिम कप्तानले भेटेसमेत हामीले नै ऊर्जा गरी हामी नै हुनुपर्छ भनेर स्वविचार पनि गरेका छन् र बदमासले गर्दा लाटासोझा जनताको जिउधन भन्न नपाई ठुलो खतरा छ । सरकारबाट पक्राउ गरी सजाय होस् भन्नेसमेत बेहोराको लोकमान पुरी, रोमलाल पुरी, कमानसिंह घर्ती, मानध्वज घर्तीसमेतको दर्खास्त ।
    • बागदुलाको बगैँचामा आतङ्ककारी मोहनविक्रमसमेत डेढ/दुई सय जवान आई बसेका छन् । तिनीहरू रातको समयमा खलङ्गामा आई अड्डाखानाउपर आक्रमण गर्ने जस्तो कुरा खबर बुझ्न पठाएको यस अफिसको ना. दलबहादुरको रिपोर्ट परेकाले जाहेर गरेको छु भन्ने पुलिस अड्डाको रिपोर्ट ।
    • अड्डा खानादेखि अं. १…. को फैसला बागदुला भन्ने ठाउँमा अन्दाजी २०० जति मानिस जम्मा भएको आजको रात ९ बजे अड्डाखानामा आई हमला गर्ने मिटिङ हुँदै छ भन्ने कुरा सुनेकाले रिपोर्ट गरेको छु भन्ने ह. लीलाकुमारको रिपोर्ट ।
    • अड्डाखानाका हाकिम कर्मचारीलाई बेइज्जती गरी कालोमोसो दल्नुपर्छ । सबै अड्डाखाना कब्जा गर्नुपर्छ । तिमीहरू जुलुसमा आउनू नआए पार तिमीहरूको घर लुट्छौँ भन्नेसमेत इत्यादि गाली गर्दै हुलदङ्गाबाज गुण्डागाउँ मौजामौजामा हिँडेका छन् भन्ने सुनेकाले रिपोर्ट गरेको छ भन्ने सूर्यप्रकाशको रिपोर्ट ।
    • श्री ५ महाराजधिराज स्वर्गे भई बक्सेकोमा वि. तिर असोज बार्नू भन्ने गौडाबाट उर्दी भएमा मोहनविक्रम, खगुलाल, नन्दलाल, राज पाध्या, रुमबहादुर, सिद्धिमानसमेतले सो उर्दी नमानी श्री ५ महाराजधिराजको असोज नबारी विरोधी भई हिड्ने गरेकोसमेत कमानबहादुरको रिपोर्ट ।

    (उक्त पुनरावेदन अदालतको फैसलामा कतिषय उजुरीवालाले कम्युनिस्ट प्रचार गरिहिँडेको र उजुर दाबीबमोजिम जनतामा डरधाक देखाई चन्दा लिने, चन्दा नदिनेलाई निजको धन लुटपिट गरिलिन्छौँ, घर आगो लगाइदिन्छौँ भन्नेसमेतका उजुरीको उल्लेख गरिएको थियो र त्यस प्रकारका आरोपमा हाम्रा कतिपय साथिहरूबाट बयान पनि लिइएको थियो ।)

    • कम्युनिस्ट विचारले सरकारसँग लड्ने भनी हिडेका मोहनविक्रमसमेत एक डेढसय जति मानिस बागदुला बगैँचामा लुकी ठाउँठाउँमा ग्रुप ग्रुप भई बसेका छन् । तिमीहरूले आधा रातको मौका हेरी खलङ्गामा गई हमला गरी क्याप्चर गर्नुपर्छ भन्ने कुरा गर्न लागेको सुनेको भन्ने फुङलाकको ह. बोमबहादुरको रिपोर्ट ।

    प्युठानमा २०१० साल मङ्सिरदेखि चैतको पहिलो हप्तासम्म तीन महिनासम्म जनता शिक्षण शिविर चलेको थियो र त्यही शिविरको कालमा भूमीगत रूपले नेपाल कम्युनिस्ट पार्टीको प्युठान जिल्ला सङ्गठन समिति गठन भएको थियो । त्यसको सेक्रेटेरी म थिएँ भने त्यसका अन्य सदस्यहरूमा खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, श्यामबहादुर थापा, जगत्बहादुर र सिद्धिमान सिंह हुनुहुन्थ्यो ।

    आफ्नो स्थापनाको करिब डेढ महिनाको अवधिमा नै प्युठानमा कम्युनिस्ट पार्टी एउटा ठुलो शक्ति बनेको थियो र कतिपय राष्ट्रिय र भारतीय पत्रपत्रिकाले समेत प्युठानमा कम्युनिस्ट पार्टी ठुलो खतरा बनेको प्रचार गर्न थालेका थिए । त्यस सिलसिलामा प्युठानका बडाहाकिम प्रतिमान तथा नेपाली काङ्ग्रेसका नेता अनिरुद्र शर्मा र खडानन्दसमेत कम्युनिस्ट भएको आरोप लागे । त्यसपछि, जस्तो कि पहिले पनि भनियो, बडाहाकिम प्रतिमानलाई सिंहदरबार झिकाइयो भने अनिरुद्र शर्मामाथि पनि नेकाको केन्द्रीय समितिले कारबाही गरेको समाचार आयो । त्यस प्रकारको पृष्ठभूमिमा प्युठानमा कम्युनिस्ट पार्टीमाथि दमन गर्नका लागि सरकारले नयाँ बडाहाकिम पठायो ।

    माथिको विवरणबाट कम्युनिस्ट पार्टीमाथि दमन गर्नका लागि उनले कुन प्रकारको षड्यन्त्रमूलक योजना बनाएका थिए ? त्यसको केही आभास मिल्दछ । नयाँ बडाहाकिकले प्युठानमा बन्चरोलाई समेत हतियारको प्रमाणको रूपमा प्रस्तुत गरेर चलाएको राजकाज मुद्दाबाट उनी प्युठानमा कम्युनिस्टलाई समाप्त गर्न कहाँसम्म जान खोजेका थिए ? त्यो कुरामा कुनै शङ्का रहन्न । त्यसका साथै उनले जिल्लाव्यापी रूपमा भ्रष्टाचारको अभियान पनि सञ्चालन गरे ।

    त्यो बेला अहिलेको रोल्पा पनि प्युठान जिल्लामा नै थियो । उनले थबाङसम्म पुगेर कम्युनिस्टको आरोप लगाउँदै त्यहाँका कतिपय व्यक्तिलाई पक्रेर जेलमा हाल्ने काम पनि गरे । त्यसबाट एउटा फाइदा यो भयो कि उनको त्यस प्रकारको कारबाहीका कारणले नै थवाङमा हाम्रो पार्टीको बलियो सङ्गठन बन्यो, जो पछि माओवादीको सशस्त्र द्वन्द्वको कालमा उनीहरूको हेडक्वाटर पनि बन्यो ।
    प्युठानमा नयाँ वडाहाकिमको भ्रष्टाचारको अभियान व्यापक रूपमा बढेपछि उनको त्यो भ्रष्टाचारको विरुद्ध र जिल्लाका विकास कैयौँ माग गर्नसमेत २०१० साल फागुन २२ गते ओखरकोटको मच्छीमा कम्युनिस्ट पार्टी र काङ्ग्रसको संयुक्त भेला भयो । त्यो भेलाले कुन प्रकारको कार्यक्रम बनाएको थियो ? सल्यान पुनरावेदन अदालतको फैसलामा उल्लेखित खगुलालको बयानबाट त्यो कुराको झलक मिल्दछ ।

    पुनरावेदन अदालतको फैसलामा खगुलालको बयानअनुसार त्यो भेलाले यी मागका लागि सङ्घर्ष गर्ने निर्णय गरेको थियो : घुसखोरी बन्द होस्† नागरिक हक सुरक्षित होस्; हाईस्कुल सरकारी होस्; २५ प्राइमरी स्कुल थप होस्; मूलबाटो सरकारले जिम्मा लिई बनाओस्; मान्डवी धर्मावतीमा मूल रहोस्; चारओटा हुलाक रहोस्, आदि ।

    खगुलाल गुरुङको बयानमा बताइएको थियो कि उक्त माग पूरा गर्नका लागि नै शान्तिपूर्ण प्रकारले खलङ्गामा २०११ फागुन २४ गते जुलुस लैजाने ठेगान भएको थियो । त्यसरी शान्तिपूर्ण प्रकारले जान थालेको जुलुसलाई अड्डाअदालतमाथि रातको समयमा सशस्त्र हमला गर्न जान लागेको भनी राजकाजसम्बन्धी मुद्दा चलाइयो । बागदुलामा राती बास बसेको बेलामा पुलिस र सेनाद्वारा हमला गरी कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसका समेत छ जना कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।

    उनीहरूमाथि मुद्दा राजकाजको लगाइयो तर सिधा सामान्य बन्दीहरूलाई सरह ख श्रेणीको सिदा दिइएको थियो । त्यसैले त्यो बेला गिरफ्तार भएका सबै राजबन्दीले ख श्रेणीको सिदा लिन अस्वीकार गरेका थिए र क श्रेणीको सिदाको माग गर्दै जेलको सम्पूर्ण अवधिभरि कुनै सिदा लिएका थिएनन् । सायद कुनै राजबन्दीले आफ्नो सम्पूर्ण जेलजीवनमा सिदा नलिएनु नेपालको राजनीतिक इतिहासको नै एक मात्रै उदाहरण थियो । कैयौँ उच्च तहमा माग गर्दा पनि उनीहरूलाई क श्रेणीको सिदा दिइएको थिएन ।

    त्यो बेला गिरफ्तार भएका छ जना सदस्यमध्ये पाँच जना खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, सिद्धिमान सिंह र म मोहनविक्रम सिंह प्युठानको कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थियौँ भने हेमराज पण्डित नेपाली काङ्ग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो ।

    उक्त छ जनामध्ये खगुलाल गुरुङ, हेमराज पण्डित र मलाई पाल्पा जेलमा चलान गरियो भने बाँकी तीन जनालाई प्युठान जेलमा नै राखिएको थियो ।

    पछि हाम्रो मुद्दा सल्यान पुनरावेदन अदालतमा गएपछि हामी सबैलाई सल्यान जेलमा मगाइएको थियो र त्यहीँ नै हाम्रो मुद्दाको फैसला भएर हामीलाई जेलमुक्त गरिएको थियो ।

    प्युठानमा हामी गिरफ्तार भएपछि पार्टीकेन्द्रले प्युठानको स्थिति अध्ययन गर्न तुलसीलाल अमात्यलाई प्युठान पठाएको थियो भने हाम्रो पश्चिम गण्डक कमिटीले बी.आर. राईलाई प्युठान पठाएको थियो । हामी गिरफ्तार भएको बेलामा पिताजी खिमविक्रम, जगत्बहादुर जिसी, काले कामी, लीले कामीहरू पनि बागदुलामा नै हुनुहुन्थ्यो । उहाँहरू सबै जना गिरफ्तार हुनुभएन र उम्केर जानुभयो । पिताजी खिमविक्रमको नाममा वारेन्ट काटिएको थियो । उहाँले हामी गिरफ्तार भएको सम्पूर्ण कालमा हामीलाई छुटाउनका लागि भूमिगत रूपले जिल्लाव्यापी रूपमा हस्ताक्षर अभियान चलाउनुभएको थियो । उहाँले कैयौँ उच्च तहमा गएर हामीलाई छुटाउनका लागि दौडधुप गर्नुभएको थियो । त्यसको परिणामस्वरूप नै अन्त्यमा सल्यान पुनरावेदन अदालतले हाम्रा विरुद्ध लगाएको भ्रष्टाचारको आरोप खारेज गर्‍यो र हामी करिब डेढ वर्षपछि जेलबाट मुक्त भयौँ ।

    (समाप्त)

    सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.