• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सुनको अक्षर


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • हेम बिजी ##

    Advertisement

    यो सुन काण्डैकाण्डको युगमा
    यो देशका महासयहरू
    आफ्नो आलोचना र आक्रोश पनि
    सुनकै अक्षरले
    लेखियोस् भन्ने चाहना हुन्छ होला
    आफ्नो खेद र खबरदारी पनि
    सुनकै अक्षरले
    कोरियोस् भन्ने इच्छा हुन्छ होला
    तर महासयहरू
    मसँग त
    लेख्न पनि कागजको पाना छ
    कोर्न पनि प्लास्टिकको कलम छ
    र अक्षर पार्न पनि रङ्गिन पानीको मसी छ
    त्यसैले
    माफ गर्नुहोस् महासयहरू
    सुनको अक्षरले लेख्न सकिनँ
    महासयहरूको आलोचना र आक्रोश
    महासयहरूको खेद र खबरदारी

    सायद
    मैले पनि
    महासयहरूले जस्तै
    नेपाली नागरिक
    नक्कली भुटानी शरणार्थी बनाएर
    लाखौँ लुट्थेँ भने
    सुनको पाना किन्ने थिए होला
    सरकारी जग्गा
    ललितानिवास
    व्यक्तिलाई बुझाएर करोडौँ कुम्ल्याउथे भनेँ
    सुनको कलम बनाउने थिएँ होला
    र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकाबाट
    सुनका थैलाहरू
    छिराउन सक्थेँ भनेँ
    सुनको मसी रङ्गाउने थिएँ होला
    अर्थात्
    महासयहरूले जस्तै
    मैले पनि
    सत्ताको रसमा डुबुल्की मार्थें भनेँ
    सेटिङमा मिलेर देश लुट्थेँ भनेँ
    सायद
    महासयहरूको आलोचना र आक्रोश
    सुनको अक्षरले लेख्थेँ होला
    खेद र खबरदारी
    सुनको अक्षरले कोथेँ होला

    माफ गर्नुहोस् महासयहरू
    सुनको अक्षरले लेख्न सकिनँ
    यो सुन काण्डैकाण्डको युगमा
    महासयहरूको आलोचना र आक्रोश
    खेद र खबरदारी
    किनकि
    महासयहरूले जस्तै मैले
    इमान र इज्जत सुनमा बेच्न सकिनँ
    विचार र विश्वास सुनमा साट्न सकिनँ
    अनि महासयहरूले जस्तै मैले
    जनता झुक्याउन सकिनँ
    सुन काण्डहरू घटाउन सकिनँ
    त्यसैले देश मास्ने महासयहरूसँग
    आखिर मैले भन्नैपर्छ
    माफ गर्नुहोस् महासयहरू
    सुनको अक्षरले लेख्न सकिनँ
    महासयहरूको आलोचना र आक्रोश
    खेद र खबरदारी
    किनकि
    सुनको अक्षरले लेख्ने
    मेरो मन पनि थिएन
    सुनको अक्षरले कोर्ने
    मेरो मनसाय पनि थिएन

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.