काठमाडौं । प्रगतिशील लेखक संघ, नेपाल (प्रलेस)का पूर्व अध्यक्ष, वरिष्ठ मार्क्सवादी साहित्यकार तथाचिन्तक आनन्ददेव भट्टको सम्मानमा सार्वजनिक अभिनन्दन गरिने भएको छ । प्रलेसको आयोजना तथा विभिन्न ८४ वटा संघ संस्थाहरूको सहआयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानको नयाँ भवनस्थित पुस्तकालय शुक्रबार नागरिक अभिनन्दन गरिने प्रलेसका महासचिव समिर सिंहले जानकारी दिनुभयो ।
वरिष्ठ साहित्यकार भट्टलाई उपप्रधान मन्त्री तथा रक्षामन्त्री ईश्वरपोखरेलले अभिनन्दन गर्नुहुनेछ ।
आनन्ददेव भट्टले साहित्य, शिक्षा र राजनीतिका क्षेत्रमा गर्नु भएका कामहरू मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्त्वपूर्ण रहेका छन् । उहाँका जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययनबाट यो कुरा स्पष्ट हुन्छ ।
पिता जयदेव भट्ट र माता हिरादेवी भट्टका जेठा छोराका रूपमा जुम्लाको खलङ्गामा १९९३ असोज २५ गते उहाँको जन्म भएको हो । पिता जागिरका सिलसिलामा जुम्ला रहँदा भट्ट त्यहाँ जन्मनु भए पनि उहाँको पुर्ख्यौली घरसुदूर पश्चिम प्रदेशको बैतडी जिल्ला स्थित दशरथ चन्द नपा.४ पल्लाचौडली हो ।हालउहाँ काठमाडौँको कालिकास्थानमा जीवन सँगिनी सुशीला भट्टसँग बस्नु हुन्छ ।उहाँले त्रिभुवन विश्वविद्यालयबाटएम।ए। (अङ्ग्रेजी)र बेलायतको लन्डन विश्वविद्यालयबाटएम।एड।तहको अध्ययन पूरागर्नु भएको छ ।
हालसम्म उहाँका कविता विधाका (१) ०९७ साल (२०१५) खण्डकाव्य , (२) अब हिमाल बोल्छ (२०१५) कविता सङ्ग्रह , (३) गुराँस (२०१५) कविता सङ्ग्र, (४) ओमार खैयामलाई जवाफ (२०१६) काव्य, (५) जोबनकै थुम्कोबाट (२०१६) काव्य, (६) आमा बोलाउँछिन् (२०१६) कविता सङ्ग्रह, (७) तिमीलाई देख्दा (२०१७) काव्य, (८) साहिँली मैया (२०१८) खण्डकाव्य र (९) युरी एलेक्सएभिच (२०१९) काव्य प्रकाशित छन् ।
(१) समालोचनाको बाटोमा (२०१९) समीक्षा सङ्ग्रह, (२) हाम्रा प्रतिभाहरू (२०४७) जीवनीपरक समीक्षा सङ्ग्रह, (३) प्रतिभा पहिचान (२०४७) जीवनीपरक समीक्षा सङ्ग्रह, (४) जनताको साहित्य (२०४८) साहित्य सिद्धान्त , (५) व्यावहारिक समालोचना (२०४८) समालोचना सङ्ग्रह र(६) समय साहित्य (२०६७) समीक्षा सङ्ग्रह उहाँका प्रकाशित सैद्धान्तिक र व्यावहारिक समालोचनाका कृति हुन् ।
उहाँका प्रकाशित निबन्धात्मक कृतिहरू (१)दृष्टिबिन्दु (२०४८) किशोर साहित्य, (२)केही आत्मपरक निबन्धहरू(२०४९)निबन्ध सङ्ग्रह र (३) धरतीदेखि आकाशसम्म (२०७४) निबन्ध सङ्ग्रह हुन् । (१) उहाँका (१) जगत्को सृष्टि र सञ्चालन प्रक्रिया (२०४६) दर्शन विषयक र (२) स्वतन्त्रता र कम्युनिष्टहरू (२०४८) राजनीति विषयक प्रबन्धात्मक पुस्तकाकार कृतिहरू प्रकाशित छन् ।
यसरीनैउहाँका (१) राष्ट्रिय राजनैतिक सहमति(२०४४), (२) भाषिक अधिकार (२०४४), (३) नेपालको भाषानीति (२०४४) र(४) नेपाली र नेपालका अन्य भाषामाझको सम्बन्ध (२०४४) नामक पुस्तिकाहरू प्रकाशित छन् । (१) जनताको शत्रु (हेनरिक इब्सेनको नाटकको अनुवाद)२०२० तथा (२) समय र जीवन (२०७४) उहाँका जीवनी र चिन्तनसँग सम्बन्धित अनूदित कृतिहरू हुन् ।
उहाँले उत्साह, प्रलेस जस्ता पत्रिकाको सम्पादन गर्नु भएको छ । मार्क्सवादी चिन्तनका आलोकमा उहाँका यी २६ वटा कृतिको विशिष्ट मूल्य रहेको छ । उहाँले उत्साह, प्रलेस जस्ता साहित्यिक पत्रिकाको सम्पादनमा पनि पसिना बगाउनु भएको छ । उहाँका फुटकर लेख रचना, अन्तर्वार्ता, चिठीपत्र र डायरी पनि अध्ययनीय र प्रेरणाप्रद रहेका छन् ।
काठमाडौँको विश्वनिकेतन हाई स्कुलमा वि.सं.२०१४ देखि २०१६ सम्म शिक्षण गर्नु भएका उहाँलेप्राध्यापनमा धनकुटा डिग्री कलेजमा वि.सं.२०१६ देखि १६ महिना, महेन्द्र डिग्री कलेज, धरानमा वि.सं. २०१९ देखि करिब ४ वर्ष, वीरेन्द्र इन्टर कलेज,चितवनमा वि.सं. २०२२देखि प्राध्यापन र वि.सं. २०२६ देखि २०३०सम्म प्रिन्सिपल तथा २०३० श्रावण १ देखि २०४५ सम्म त्रि.वि.पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक रउपनिर्देशक, वि.सं.२०४५ पछित्रि.वि. अङ्ग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापन, वि.सं.२०५० चैत्र ७ गते सहप्राध्यापक पदबाट राजीनामा गर्दासम्म करिब साढे तीन दशक बिताउनु भयो ।विद्यार्थी, अभिभावक र समग्र जन समुदायमा जनप्रिय, सुयोग्य र कर्तव्यशील शिक्षक प्राध्यापकका रूपमा उहाँ सम्मानित हुनुहुन्छ ।
उहाँ वि.सं.२००९मा नेकपाको सदस्यता प्राप्त गरी राजनीतिमा सक्रिय रहनु भयो । बिचमा केही समय स्वतन्त्र बुद्धिजीवीका रूपमा क्रियाशील रहीपुनः वि.सं.२०५०मा नेकपा(एमाले) पार्टीमा सङ्गठित हुनु भयो । त्यसयता उहाँलेबैतडी जिल्लाको सचिव (२०५१–२०५३), अञ्चल कमिटीको सचिवका साथै नेपाल बुद्धिजीवी परिषद्को उपाध्यक्ष र संस्कृति विभागको सदस्यको महथ्त्वपूर्ण जिम्मेवारी वहन गर्नु भयो ।
पार्टी गतिविधि र राजनैतिक साहित्यिक आन्दोलनमा सक्रिय रहँदा काठमाडौँमा वि.सं.२०१०मा, काभ्रेमा २०११मा, भक्तपुरमा २०१३मा, धरानमा २०२१मा, चितवनमा २०२७ र २०३०मा तथा काठमाडौँमा २०४६मापटक पटक गिरफ्तार भईजेलमा रहनु भयो।वि.सं.२०१६मा प्रगतिशील लेखक सङ्घको सहसचिव र २०५८मा अध्यक्षका रूपमा उहाँले योगदान गर्नु भयो ।
वि.सं.२०४८मा नेपाल प्राध्यापक सङ्घको अध्यक्षको उम्मेदवारका रूपमा तथा २०५१ र २०५६मा प्रतिनिधि सभा सदस्यका निम्ति बैतडी क्षेत्र नं।२का उम्मेदवारका रूपमा उहाँको खटन र गतिविधि उदाहरणीयबन्यो । प्रलेस प्रतिभा पुरस्कारका लगायत अन्य प्रगतिशील क्षेत्रका पुरस्कार स्थापनाका लागि उहाँले विशेष आर्थिक सहयोग गरेर पनि उहाँ स्रष्टाहरूको मनमा बस्नु भएको छ ।
विस्मृतिको रोग ९अल्जाइमर० ले आक्रमण गरेकाले अहिले उहाँ अफ्नो कर्मशील जीवनबाट अलगिनु भएको छ तापनि उहाँको गौरवशाली विगतबाट समाज लाभान्वित छ र भइरहने छ । इतिहासको सम्मान गर्दै र नव गोरेटो निर्माण गर्दै हाम्रा पाइला सही दिशातिर अगि बढ्छन् भन्ने प्रलेसले विश्वास लिएको छ ।