• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सर्वहारा विश्वदृष्टिकोणको उज्ज्वल भविष्य

" जर्मन भ्रमणको संस्मरण –२ "

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
  • समीर सिंह##

    Advertisement

    सर्वहारा विश्वदृष्टिकोणको अझ धेरै ज्ञान प्राप्त गर्न नेपालबाट जर्मनी पुगियो । १४ दिनसम्म यसका विभिन्न पक्षहरूको बारेमा छलफल, अध्ययन तथा व्यावहारिक विषयको बारेमा केन्द्रित भइयो ।

    सामान्यत: प्रश्न उठ्न सक्छ : एउटा दृष्टिकोणको पनि त्यति धेरै महत्त्व हुन्छ र ? एउटा दृष्टिकोणले मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन तथा राजनीतिक जीवनमा त्यति धेरै प्रभाव पार्छ र ? दृष्टिकोणको प्रशिक्षणका लागि एउटा कुनै पार्टीले किन यति धेरै समय तथा लगानी गरेको होला ? वास्तवमै यी प्रश्न गम्भीर छन् ।

    सर्वहारा दृष्टिकोणसम्बन्धी सम्पूर्ण कोर्सको पहिलो सेमेस्टरमा यसका आधारभूत विषयमा अध्ययन तथा छलफल गरियो । यो विषयलाई दर्शनशास्त्रसँग जोड्दै यसको चिरफार गर्ने प्रयास गरियो । वर्गीय समाजमा कस्ता प्रकारका दृष्टिकोण जन्मिने गर्दछन् ? त्यसले सामाजिक तथा राजनीतिक आन्दोलनमा कस्तो प्रभाव पार्दछ ? लगायतका विषयमा हामी केन्द्रित भयौँ । जर्मनी भाषामा प्रशिक्षण दिइए पनि अनुवादकहरूले हामीलाई विषयवस्तु बुझाउन निकै मिहिनेत गरिरहनु भएको थियो अनि फुर्सदको समयमा उहाँहरू हामीलाई सोध्ने गर्नुहुन्थ्यो : ‘बुझ्न केही गाह्रो भएको हो कि ?’ केही नबुझेका शब्द तथा वाक्यको बारेमा अझ हामी प्रस्ट रूपमा छलफल गथ्र्यौं । यसरी हाम्रो ज्ञानको आकार बढ्दै गयो ।

    वास्तवमै सर्वहारा विश्वदृष्टिकोण एउटा बृहत विषय हो । यो विषय कुनै निश्चित अवधारणासम्म मात्र सीमित छैन । यसले विभिन्न विषय समेटेको हुन्छ । यो दृष्टिकोणको आधार भनेको द्वन्द्वात्मक भौतिकवाद हो । समाजमा चल्ने विभिन्न आन्दोलन तथा सङ्घर्षसँगै यसको यथार्थ स्वरूप निर्धारित हुँदै गइरहेको हुन्छ । त्यति मात्रै होइन, ती आन्दोलन र सङ्घर्षको नेतृत्व पनि यही दृष्टिकोणको आधारमा हुने गर्दछ ।

    एउटा मानिस आफ्ना इच्छा र आवश्कता पूरा गर्न उत्पादनसँग जोडिन्छ । सामूहिक गतिविधिमा क्रियाशील हुन्छ । मानिस मानिसबिचका विभिन्न सम्बन्ध निर्माण हुन्छ । त्यो सम्बन्धभित्र सहकार्य पनि हुन्छ अनि प्रतिस्पर्धा पनि । कतिपय अवस्थामा सुमधुर सम्बन्ध कायम हुन्छ; कतिपय अवस्थामा अन्तर्विरोध चर्किंदै गएको हुन्छ । यी सबै सम्बन्धको आधार हो : उत्पादन प्रणाली । विद्यमान उत्पादन प्रणालीले उत्पादन सम्बन्ध निर्धारण गरिरहेको हुन्छ । उत्पादन प्रणाली र उत्पादन सम्बन्धबिच एकरूपता भयो भने विकास र समृद्धिले तीव्र रूप लिन्छ अन्यथा अन्तर्विरोध झनै चर्किँदै गइरहेका हुन्छन् ।

    प्रकृति र समाजसँग सङ्घर्ष गर्दै जाँदा मानिसमा कुनै न कुनै सैद्धान्तिक अवधारणा तयार हुने गर्दछ । त्यो अवधारणा तयार हुने मात्र होइन, त्यसको निर्णय प्रक्रियामा पनि उनीहरूको संलग्नता हुन्छ । यसरी कुनै सैद्धान्तिक अवधारणा बन्नु र निर्णय प्रक्रियामा संलग्न हुने सम्पूर्ण प्रणाली विश्वदृष्टिकोण हो; जस्तै : एउटा सामन्तले किसानमाथि शोषण गर्दछ भने त्यो वस्तुगत परिस्थिति भयो । त्यस प्रकारको परिस्थितिका आधारमा शोषण कसरी हुँदो रहेछ ? त्यसको बारेमा अवधारणा तयार हुँदै गइरहेको हुन्छ । त्यति मात्र नभएर त्यस प्रकारको शोषणको विरुद्ध त्यो किसानको भूमिका कस्तो हुने ? त्यस प्रकारको निर्णय प्रक्रियामा पनि ऊ संलग्न हुन्छ । यस प्रकारको सम्पूर्ण प्रणाली विश्वदृष्टिकोण हो ।

    कुनै पनि मानिस प्रकृति र समाजबाट अलग भएर बस्न सक्दैन । ऊ विभिन्न प्रकारको उत्पादनका लागि सङ्घर्ष गरिरहेको हुन्छ । यो सम्पूर्ण प्रक्रियामा हरेक मानिसका फरक फरक अवधारणा बनिरहेको हुन्छ । त्यही अवधारणा कुनै पनि निर्णय प्रक्रियाको आधार हो ।

    यसरी तयार भएको विश्वदृष्टिकोणले मानिसलाई उसको क्रियाशीलताका लागि मार्गनिर्देशन गरिरहेको हुन्छ ।

    समाजमा बस्ने सबै मानिसको दृष्टिकोण तयार भएको हुन्छ । कुनै चोरको दृष्टिकोण एउटा हुन सक्छ । अर्को साधुको अर्कै दृष्टिकोण तयार भएको हुन सक्छ । कुनै सामन्तको एउटा दृष्टिकोण तयार भएको हुन सक्छ तर सामन्तकहाँ काम गर्ने किसानको अर्कै दृष्टिकोण तयार भएको हुन्छ । विशेष गरेर आर्थिक उत्पादनसँगै जोडिँदै जाँदा यस प्रकारका फरक फरक दृष्टिकोण तयार भएको हुन्छ ।

    जर्मनीको मानिस र नेपालको मानिसको दृष्टिकोण एक प्रकारको नहुन सक्छ । पुँजीवादी उत्पादन प्रणालीअन्तर्गतको मानिस र सामन्ती समाजअन्तर्गतको मानिसको दृष्टिकोणमा एकरूपता नहुन सक्छ । एउटा कारखानामा काम गर्ने मजदुर र एउटा खेतमा काम गर्ने किसानमा फरक फरक दृष्टिकोण तयार भएको हुन्छ । यसरी तयार हुने दृष्टिकोणको प्रमुख आधार उत्पादन प्रणाली हो ।

    विश्वदृष्टिकोणको आधारमा उत्पादन सम्बन्ध र त्यही सम्बन्धका आधारमा सहकार्य तथा अन्तर्विरोधको स्थिति निर्धारण हुँदै जाने हो ।

    आआफ्नो स्वार्थअनुसार वर्गसङ्घर्षको अवस्था पनि सिर्जना हुने गर्दछ । उत्पादन प्रणालीअनुसार विश्वदृष्टिकोण तयार हुने अनि विभिन्न प्रकारका वर्गसङ्घर्षको परिस्थितिबाट अगाडि बढ्दा विश्वदृष्टिकोणको स्वरूपमा पनि परिवर्तन आउँदै गइरहेको हुन्छ ।

    माओत्सेतुङले आफ्नो पहिलो सङ्कलित रचनामा भन्नुभएको छ : ‘वर्गीय समाजमा कुनै पनि मानिस कुनै वर्गको सदस्यको रूपमा रहेको हुन्छ । ती मानिसहरूको सोचाइमा एउटा निश्चित वर्गको छाप अन्तर्निहित रहेको हुन्छ ।’ कुनै पनि मानिसका दृष्टिकोणले कुनै वर्गको स्वार्थको प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यही आधारमा उसका हरेक गतिविधि निर्धारित भइरहेका हुन्छन् ।

    अहिलेसम्मको मानव समाजको अध्ययन गर्दा विशेष गरेर दुई प्रकारका विश्वदृष्टिकोण अस्तित्वमा रहेको देखिन्छ : एउटा बुर्जुवा विश्वदृष्टिकोण र अर्काे सर्वहारा विश्वदृष्टिकोण । बुर्जुवा दृष्टिकोणको दार्शनिक आधार प्रत्ययवाद (आदर्शवाद) हो भने सर्वहारा विश्वदृष्टिकोणको भौतिकवाद । पहिलो विश्वदृष्टिकोणले सामन्तवाद तथा पुँजीवादको हितको प्रतिनिधित्व गरेको हुन्छ । त्यसको विपरीत दोस्रोले किसान तथा मजदुरको हितको प्रतिनिधित्व गरेको हुन्छ ।

    नेपाल जस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राज्य संरचनामा बुर्जुवा विश्वदृष्टिकोणले आफ्नो प्रभाव बढाउँदै गइरहेको अवस्था छ । सामाजिक, राजनीतिक, आर्थिक विकृति–विसङ्गतिहरू यस प्रकारको दृष्टिकोणको आधार हो । धार्मिक मूल्यमान्यताको आधारमा भाग्य, कर्म, स्वर्ग, नर्क तथा धर्मको आडमा जातीय र लैङ्गिक विभेद जस्ता सांस्कृतिक चिन्तनले यथास्थितिको पृष्ठपोषण गरिरहेका हुन्छन् । त्यसका साथै धर्मको नाममा राजनीति तथा जातिवादी र नारीवादी सोचाइले पनि बुर्जुवा विश्वदृष्टिकोणका लागि पृष्ठपोषण गरिरहेको हुन्छ ।

    कम्युनिस्ट विरोधी गतिविधि पनि बुर्जुवा विश्वदृष्टिकोणको आधार हो । कतिपय अवस्थामा कम्युनिस्टको नाम लिएर भ्रष्ट राजनीतिमा संलग्नताले पनि कम्युनिस्ट चरित्र तथा वर्गसङ्घर्षको आधार कमजोर बन्दै गइरहेको हुन्छ । सिद्धान्तमा आदर्शको कुरा गर्ने तर व्यवहारमा प्रतिक्रियावादी सत्तालाई हित हुने कार्य गर्नुले कम्युनिस्ट आन्दोलन झनै कमजोर हुँदै गइरहेको हुन्छ । नेपालकै सन्दर्भमा कम्युनिस्टको नाम लिएर जातिवादी, महिलावादी तथा उत्तरआधुनिकतावादी सोच र चिन्तनबाट मुक्त हुन नसक्नु पनि बुर्जुवा विश्वदृष्टिकोण हो ।

    द्वन्द्वात्मक गोष्ठीको पहिलो सेमेस्टरमा सकारात्मकतावाद र व्यवहारवादलाई पनि बुर्जुवा विश्वदृष्टिकोणको आधार मानिएको छ ।

    ब्ल्याक होल तथा बिग ब्याङ सिद्धान्तमाथि आलोचना तथा आधुनिक विज्ञानको सङ्कटको विषयलाई पनि बुर्जुवा विश्वदृष्टिकोण भनेर उल्लेख गरिएको छ । यो विषयमा आगामी अङ्कमा आलोचनात्मक छलफल चलाउँदै जाने छु तर नेपाली समाजको अर्थराजनीतिक सन्दर्भमा कम्युनिस्ट आन्दोलन तथा वर्गसङ्घर्षमाथि कसरी आक्रमण भइरहेको छ ? यो प्रश्नको समाधान गर्ने सन्दर्भमा नै बुर्जुवा विश्वदृष्टिकोणको विषयप्रति स्पष्ट हुन सकिने छ ।

    मानव समाजमा चल्ने विभिन्न वर्गसङ्घर्षको दौरानमा बुर्जुवा विश्वदृष्टिकोण तथा सर्वहारा विश्वदृष्टिकोणबिचको स्वरूप प्रस्ट हुँदै गइरहेको हुन्छ । एउटा धारणा बन्छ; त्यसको अनुभूति गरिन्छ अनि निर्णय प्रक्रियामा क्रियाशील हुँदै जाँदा विषयवस्तुमाथि प्रष्टता हुँदै गइरहेको हुन्छ । यो प्रक्रियाबाट अगाडि बढ्दै जाँदा कतिपय अस्पष्टतामा प्रष्टता आउँदै गइरहेको हुन्छ । वर्गसङ्घर्ष चर्किंदै जाँदा प्रत्ययवादको प्रभाव कमजोर हुँदै जान्छ । त्यसको विपरीत द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको पकड अझ बलियो हुँदै गइरहेको हुन्छ । यसरी सर्वहारा विश्वदृष्टिकोणको भविष्य उज्ज्वल छ भनेर मूल्याङ्कन गर्न सकिन्छ । (क्रमश:)

    बुधबार, साउन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.