बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) माथि मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।
विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानवअधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको हो ।
हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’ मा सिपिसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयु नाथन र एन्ड्रयु स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने चिनियाँ नीति सराहना गरेका छन् यद्यपि उनीहरूले मानवअधिकार उल्लङ्नलाई सम्बोधन गर्न प्रभावकारी नीति तर्जुमा नगरिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
सिपिसीको विदेशनीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन् हुन नदिन अन्तर्राष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
उइघुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् । (रासस/एएफपी)