• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

अनुशासन र एकता नभए पार्टी कस्तो हुन्छ ? ‘नेकपा’ बाट सिकौं


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • पार्टीमा अनुशासनको धेरै ठुलो महत्व छ । अनुशासन र एकता विना पार्टीले आफ्नो लक्ष्य पुरा गर्न सक्दैन । त्यसकारण सबै पार्टी सदस्यहरु अनुशासन र एकता कायम गर्न ध्यान दिनुपर्छ ।

    Advertisement

    यदी अनुशासन र एकता भएन भने पार्टी नेकपा (सत्तारुढ नेकपा) जस्तो बन्छ । त्यहाँ अनुशासन कति तल्लो स्तरमा छ भन्ने कुरा बाहिरैबाट स्पष्ट देखिन्छ । जस्तो कि गत उपनिर्वाचनमा हाम्रो पार्टी र नेकपाबीच चुनावी तालमेलको सहमति भयो । त्यस अनुसार हामीलाई नेकपाले प्रदेशसभा सदस्यको निर्वाचनमा बागलुङ २ (ख) मा सहयोग गर्ने र बाँकी क्षेत्रमा हामीले नेकपालाई सहयोग गर्ने सहमति भयो । त्यस्तै स्थानीय निर्वाचनमा प्युठानको बरौंलाको एउटा वडामा हामीले उम्मद्वारी दिने र बाँकी ठाउँमा हामीले नेकपालाई सहयोग गर्ने सहमति भएको थियो ।

    तर, नेकपाले बालगुङमा सहमति पालना गरेपनि प्युठानमा पालना गरेन । हामीले सहमतिलाई सबै ठाउँमा इमान्दारीपूर्वक पालना गर्यौं । तर, नेकपाले प्युठानको बरौंलामा पार्टीको तर्फबाट नभएर विद्रोही उम्मेद्वार खडा गरे र जिताए ।

    प्रश्न हाम्रो हारको होइन, उनीहरुको अनुशासनको हो । यो विषय उनीहरुको स्थानीय स्तरको विषय मात्रै थिएन । राष्ट्रियस्तरमा सहमति भएपछि त्यसलाई पालन गर्ने दायित्व पनि केन्द्रीय नेतृत्वकै हुन्छ । तर, सहमति पालना नगरेर उनीहरुले अनुशासनहीनता प्रदर्शन गरे ।
    नेकपाले राष्ट्रिय सभामा कसलाई पठाउँछ हाम्रो सरोकारको विषय होइन । तर, त्यो पार्टीको सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउने निर्णय गर्यो । आफ्नै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय ओलीले मानेनन् । उनले पार्टी निर्ण विपरित युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउने सार्वजनिक घोषणा गरे । यो त्यहाँ भित्रको अनुशासनहीनताको गतिलो उदाहरण हो ।

    यद्यपी अहिले फेरि उनीहरुले लेनदेन गरेर वामदेवलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने कुरो आएको छ ।

    एमसीसीका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलले एउटा सुझाव दिएको छ तर ओलीले त्यसलाई नमान्ने र संसदबाट एमसीसी पास गर्ने बताउँदै आएका छन् । पार्टीले एउटा निर्णय गर्छ, नेताहरु आफ्नो अनुकुल निर्णय नभए त्यसको विरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै हिँड्छन् ।

    उनीहरुबीच चरम गुटबन्दी छ, अराजकता छ, तल्लोस्तरको अनुशासन र एकता छ । यदी हाम्रो पार्टी नेकपा (मसाल) मा पनि अनुशासन कायम नभए पार्टी त्यस्तै (नेकपा जस्तै) बन्छ ।

    हामीले पार्टीमा अनुशासन र एकता कायम गर्न विगत ३० वर्षदेखि संघर्ष गर्दै आएका छौं । पार्टी अनुशासन र एकता निरन्तर संघर्षको प्रश्न पनि हो ।

    हाम्रो पार्टीले आठौं महाधिवेशन पछि यति धेरै कार्यक्रम आयोजना गरेको छ । कम्युनिष्ट पार्टीले आफ्नो इतिहासमा यतिधेरै कार्यक्रम यसअघि कहिल्यै पनि गरेको थिएन । पार्टीका विभिन्न जनवर्गीय संगठनहरुले छुट्टा छुट्टै विषयमा संघर्ष अगाडि बढाइरहेका छन् । राष्ट्रिय जनमोर्चाले धर्म निरपेक्षता र गणतन्त्रका पक्षमा अभियान चलाइरहेको छ । युवामोर्चाले भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्ध मेची महाकाली खबरदारी अभियान सञ्चालन गरेको छ । महिला संघले महिला हिंसाविरुद्ध अभियान चलाउने तयारी गरेको छ । महिला संघको राष्ट्रिय सम्मेलन पनि भर्खर सकिएको छ । जनजाती सम्मेलनले मुक्त कमैया पुनर्स्थापनाका लागि कञ्चनपुरदेखि दाङसम्म अभियान सञ्चालन गरेको छ ।

    यस्तै, विद्यार्थी संगठनले संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी गरेको छ । जातीय समता समाजले राष्ट्रिय सम्मेलनको तयारी गर्दैछ । त्यसपछि छुवाछुत विरुद्ध अभियान सञ्चालन हुनेछ । अन्य जनवर्गीय संगठनहरुले पनि कार्यक्रम चलाईरहेका छन् ।

    पार्टीका जनवर्गीय संगठनहरुले यति धेरै कार्यक्रम चलाईरहेका छन् । त्यो सँगै हामीले अन्य राजनीतिक दलसँग मिलेर एमसीसी र सीमा अतिक्रमण विरुद्ध पनि संघर्ष गरिरहेका छौं । हाम्रो पार्टीमा अनुशासन र एकता कायम नभएको भए हामीले यतिधेरै गतिविधि गर्न सक्ने थिएनौं । आठौं महाधिवेशनपछि पार्टीमा कायम रहेको अनुशासनकै कारण हामी एकतावद्ध भएर संघर्ष गर्न सकेका हौँ ।

    हामीले संविधानसभाका लागि विगतमा करिब ६० वर्ष संघर्ष गर्र्यौं । अरुले संविधानसभाको विरोध गरे । हामीले संविधानसभाको मागलाई निरन्तरता दियौं । अन्ततः संविधानसभाको निर्वाचन भयो र नयाँ संविधान बन्यो । यस्तै, राजतन्त्र विरुद्धको आन्दोलनमा पनि कतिपयले सम्झौता गर्दै गए तर हाम्रो संघर्ष दृढतापूर्वक अघि बढ्यो ।

    अहिले हामीले सञ्चालन गरिरहेको एमसीसी विरुद्धको संघर्षको पनि दिर्घकालिन महत्व छ । यो विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको विषय हो । यसका विरुद्धको संघर्षलाई यदी अरुले सम्झौता गर्छन् वा बिचमा छोड्छन् भने पनि हामीले निरन्तरता दिनेछौं ।
    यस्तै, संघीयता विरुद्धको आन्दोलनको पनि एतिहासिक महत्व छ । संघीयता खारेज गर्न हामीले दृढतापूर्वक संघर्ष गर्न आवश्यक छ । निरन्तरको संघर्षले हामी सफल हुने छौं ।

    पार्टीको लक्ष्य र उद्देश्य पुरा गर्न दृढतासँगै अनुशासन र एकताको उच्च महत्व हुन्छ ।

    (नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले ‘संघीयता विरुद्ध काठमाडौं मार्च–२०७६’ का सन्दर्भमा शनिबार आयोजित राजमोको उपत्यकास्तरीय भेलामा दिनुभएको प्रशिक्षणात्मक मन्तव्यको सम्पादित अंश)

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.