• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अंश होइन, पारिश्रमिक (कथा)


  •   शनिबार, असार १६, २०८० मा प्रकाशित
  • सावित्रा रेग्मी ##
    जमिनदारका छोरा, प्रमोदका दुई छोरी र एक छोरा पहिला बुबाआमासँग एउटै घरमा बस्दथे। दुई छोरीहरूको पढ्दापढ्दै प्रमोदले बिचमै पढाइ छुटाएर विवाह गरिदिए ।

    Advertisement

    छोरा रमेश क्याम्पसमा पढ्दै थिए । रमेश र निरू एउटै कक्षामा पढ्थे। त्यसै क्रममा उनीहरू एकले अर्कालाई मन पराउन थाले । फलस्वरूप सम्बन्ध बढ्न थाल्यो ।

    एक दिन रमेशले निरूको घरमा गएर उनको बुबाआमासँग विवाहका प्रस्ताव राखे तर निरूको बुबाआमाले उक्त प्रस्ताव सहज रूपमा स्वीर्कान सकेनन् किनभने प्रमोदको परिवार धनी र जमिन्दार यियो । उनको सोचाइमा त्यो परिवार घमण्डी र स्वार्थी थियो ।

    फेरि पनि रमेश र निरूको प्रेमसम्बन्धलाई निरूकी बुबाआमाले रोक्न सकेनन । फलस्वरूप भव्य रूपमा रमेश र निरूको विवाह भएरै छाड्यो । अब निरू रमेशको घरमा पत्नी र बुहारीको रूपमा प्रवेश गरिन् ।

    नेपाली समाजमा महिला र पुरुषको विवाह भइसकेपछि महिला आफ्नो जन्मघरको थरसमेत छोडनुपर्ने र केटाको थरमा विवाहकै दिनबाट बाहुनद्वारा थर जोडाइने अचम्मको नियम छ ।

    निरूलाई विवाहको भोलि पल्टदेखि त्यो परिवारभित्रको जिम्मा सुम्पियो । खाना बनाउने, सरसफाइ, लुगा धुने, बुबाआमाको रेखदेख, करेसाबारीका साथै पतिको सेवा—सारा काम परिवारले नयाँ बुहारीको जिम्मा दियो । निरूले बिहान ४ बजे उठेदेखि बेलुका ११ बजेसम्म बिनाआराम काम गर्नुपर्दथ्यो ।

    बाहिर अफिसमा काम गर्छु भन्दा ‘बुहारीले बाहिर काम गर्नुपर्दैन, घरमै काफी काम छ† घरभित्र नै बस्नुपर्दछ’ भनेर बाहिरी काममा निरूलाई निस्कन दिइएन । उनले पढेको पनि बेकार भयो ।

    निरूले आफूलाई जन्माउने बुबाआमालाई भेटन जान्छु भन्दा ‘बुबाआमा आरामै हुनुहुन्छ, बिरामी भएमा भेट्न जाने हो’ भनियो । त्यसपछि त निरू घरबाहिर निस्कन पाइनन् ।

    यसैबिच, निरूको गर्भमा बच्चा रह्यो । छोरीको जन्म भयो । केही समयपछि उनले अर्कोपटक पनि दोस्रो छोरी नै जन्माइन् । त्यो घरको संस्कार रुढिवादी थियो । त्यसैले त्यो परिवारलाई छोरा नै चाहियो । निरूको सुत्केरीमा पनि राम्रो स्याहारसुसार भएन । परिवारको लागि निरूले तेस्रो सन्तान छोरा नै जन्माउनुपर्ने आवश्यकता भयो ।

    परिवारको दबाव बढ्न थाल्यो । लगातार निरूले पाँचपटक समय भ्रुणहत्या गर्नुपर्‍यो। अब निरूको जीवन अत्यन्त कष्टकर र मरणशील अवस्थाबाट अगाडि बढ्दै गयो ।

    रमेश पढेलेखेका क्याम्पसको लेक्चरर थिए । रमेश क्याम्पसबाट अबेर राति आउने, आफ्नी पत्नी निरूसँग नबोल्ने मात्र होइन, पत्नी भएको कोठामा नै नआउने, अर्कै कोठामा बस्ने व्यवस्था मिलाउन थाले । यसरी पारिवारिक सम्बन्ध विस्तारै तनावपूर्ण बन्दै गयो ।

    सासूससुरा र रमेशको अर्को उद्देश्य रहेछ, अर्को स्वास्नी ल्याएर छोरा जन्माउने ।

    यता, घरमा दुई छोरी गुना र सीमा पढ्दै थिए । रमेशले पढाइ छुटाएर दुवै छोरीको विवाह गरिदिए । अब निरूलाई घरमा दिन

    बिताउन अत्यन्तै कठिन भयो । घरमा स्थायी नोकर्नीको व्यवहार हुन थाल्यो । रमेशले सधै ‘तँ मलाई चाहिँदैन, जहाँ जान मन लाग्छ, बाटो खुल्ला छ† मेरो घर छोडिदिए हुन्छ’ भन्दै दबाब दिन थाले । अब निरू कहाँ जाने ? ‘अति गर्नू, अतिचार नगर्नू’ ।
    अब निरू डिप्रेसनको सिकार हुन पुगिन् ।

    जिन्दगीदेखि हार खाएर एक दिन घरबाट बाहिर के निस्केकी थिइन्, क्याम्पसमा सँगै पढ्ने साथी रमासँग भेट भयो । रेखा क्याम्पस पढ्दादेखि नै महिला सङ्गठनमा काम गर्थिन् । निरूले रमालाई आफ्नो घरको सबै कुरा सुनाइन् । निरू अब त्यो घरमा बाँच्न नसक्ने अवस्था भएको कुरा व्यक्त गरिन् ।

    ती सबै व्यथा सुनिसकेपछि रमाले सान्त्वना दिइन् । रमाले आफ्नो घर नछोड्ने र त्यही बसेर सङ्घर्ष गर्ने तथा आफ्नो अधिकार खोज्नुपर्छ भनेर निरूको मनोबल बढाउने प्रयास गरिरहिन् । ‘आवश्यक पर्दा हामी छौँ, चिन्ता नगर’ भन्दै निरूलाई सम्झाइन् ।

    त्यसपछि निरू आफ्नो घरमा आइन् । घरमा सासूससुरा र लोग्ने रमेशसँग निरूले आँट गरेर आफ्ना कुरा राखिन् तर परिवारका सबैले उनीमाथि दोष थुपारे ।

    घरमा यसले ठुलो रूप लियो । टोलका भद्रभलादमी जम्मा भए । सबैको सल्लाहले घरपरिवारबाट निरूलाई छुट्याइदिने निधो गरे ।

    घरकै कोठामा पाली हालेर बस्ने ठाउँ बनाइदिने र खेती गर्नको लागि सानो टुक्रा जग्गा छुट्याइदिने, त्यसैमा खेती गरेर जीवननिर्वाह गर्नुपर्ने भन्ने निधो भयो तर निरूले मानिनन् किनभने त्यो कोठाको बाहिरपट्टि पालीमा एक्लै बस्दा इज्जतको डर थियो।

    निरू भोलि पल्टै रमालाई भेटन गइन् । निरूबाट सबै कुरा बुझिसकेपछि त्यसको भोलि पल्ट रमा १०/१२ जना महिला लिएर निरूको घर आइन् । हल्ला भएपछि टोलबासी पनि आए ।

    यता, निरूको पतिले सबैका अगाडि सबै महिला र समाजलाई हप्काउँदै “यो मेरो घरको व्यक्तिगत मामला हो, तपाईंंहरूले केही गर्न सक्नुहुन्न । मैले निरूलाई छुट्याएर त्यही पालीको कोठामा बस्न दिएको छु । बाच्नका लागि बारी छ । त्यसैमा खेती गर्छे, खान्छे । त्यो भन्दा बढी मैले के गरिदिने ?” भन्न थाले ।

    रमेशले यति भन्नासाथ महिलाहरूले बोल्न सुरु गरे : “तपाईंंहरू किन आत्तिनुभएको ? तपाईंको सम्पत्ति खोज्न हामी आएका होइनौँ, हामी खालि तपाईंकी पत्नी निरूलाई न्याय दिलाउन आएको ।”

    त्यसपछि, सासूससुरा र निरूका पत्नी रमेश केही हच्किएर सोधे– “ल भन्नुस न त कसरी मिलाउने ?”

    रमाले रमेशलाई सोधिन्– “तपाईंले निरूलाई यस घरमा पत्नी बनाएर ल्याउनुभएको कति वर्ष भयो ?”

    रमेशले भने– “विवाह गरेको धेरै वर्ष भइसक्यो । दुई छोरीहरू मुना र सीमाको विवाह भइसक्यो । हाम्रो विवाह भएको ३५ वर्ष पूरा भएर चार महिनामा टेकिरहेको छ ।”

    धेरै छलफल गयो । हिसाब निकालेपछि रमा कुर्सीबाट उठेर रमेशलाई भन्न सुरु गरिन् :

    “दाजु, तपाइले अंश दिनुपर्दैन। केवल तपाईंको घरमा निरूले आफ्नो दायित्व पूरा गरेको, सन्तान हुर्काएको, घरको सम्पूर्ण काम सम्मालेबापत् उनले दिनमा १८ घण्टा काम गर्दै आइरहेकी छिन् । रमेशजी आजसम्मको मजदुरी मात्र हिसाब गरेर तलब दिनुहोस् ।”

    अब भने रमेश र निरूका सासूससरा आत्तिन्छन् । उपस्थित समाजले हिसाब निकान्छ । रमेशको सम्पूर्ण घरसम्पत्ति बिक्री गर्दा पनि निरूलाई मजदुरीको पैसा दिन पुग्दैन ।

    समाजले निरूको ३५ वर्ष चार महिना काम गरेबापत् तलवस्वरूप रमेशको ठुलो घर, त्यसमा जोडिएको एउटा प्लट जमिन निरूको नाममा रजिस्ट्रेसन गरिदिने कुरा हुन्छ । सानो घर र थोरै जग्गा सासूससुरा र निरूको पतिलाई छोडिदिने कुरा ठहर गरिन्छ । यसरी निरूले रमेशको घरमा दुख गरेबापत् अंश होइन, पारिश्रमिक पाउने समझदारी हुन्छ ।

    यस खालको छलफलपछि रमेश परिवारको आँखा खुल्छ । रमेशले सबैका अगाडि माफी माग्दै भन्छन् : “आजसम्म निरूलाई मैले जे गरेँ, त्यसबारे माफी चाहन्छु । अबदेखि अर्को सन्तानको पनि खोजी गर्दिनँ । अब आइन्दा निरूलाई नराम्रो व्यवहार गर्दिनँ ।”

    सासूससुराले भने : “हामी सबैले अबदेखि निरूसित राम्रो व्यवहार गर्ने छौँ । निरू, घर छोडेर कतै नजाऊ ।”

    यसरी निरूको परिश्रमको मूल्याङ्कन भएको थियो । समाजको सल्लाहअनुसार त्यो सम्पत्ति लिएर निरू कतै जान सक्थिन् । त्यही भएर सबै परिवारले माफी मागेका थिए ।

    अब निरू त्यही ठुलो घरमा बसिन । केही समयपछि त्यो परिवारमा माया, स्नेह, प्रेम विस्तारै फर्किंदै आयो किनकि निरू बाहिर निस्कनेबितिकै त्यो घरको सम्पत्ति बाहिर जान्थ्यो । त्यसकारण निरूलाई सासूससुराका साथै पति रमेशबाट पनि राम्रो व्यावहार भयो ।

    शनिबार, असार १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.