• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सांस्कृतिक कार्यक्रम क्षणिक रोमान्स मात्र होइन


  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
  • मिनबहादुर राना ##

    Advertisement

    प्रकाश सपुतजीले बोत्तल ग्रहण गर्नुभएछ । हुन त उहाँको सिर्जना पनि रसरङ्ग र बोत्तलमुनि बाट उदाउँछ र उहाँमाथिबाट पनि रसरङ्ग गर्ने क्रममा बोत्तल बर्सिन्छ । यो नौलो होइन । धेरै ठाममा कलाकारमाथि दुव्र्यहारका घटना घटिरहेका छन् । अन्तमा माफ मागेर टुङ्गिने यस्ता घटना दुर्घटना भने अवश्य होइनन् ।

    भारतमा लामो समय संस्कृतिको क्षेत्रमा योगदान दिनेलाई पण्डितको उपाधि किन दिन्छन् ? यसको उत्तर अहिले मिलेको छ ।

    सांस्कृतिक कार्यक्रम एक महान् अनुष्ठान हो । सांस्कृतिककर्मी उक्त अनुष्ठानको पण्डित हो । यस्ता महान् अनुष्ठानमा पण्डितरूपी कलाकारमाथि दुव्र्यहार देशविदेशमा धेरैपटक भएका छन् । कलाकर्मीमाथि दुव्र्यवहार गरेर हामीले कस्तो संस्कृति बसाल्दै छौँ ? यसको जिम्मेवार को हो ?

    साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम एक बौद्धिक यज्ञ हो । यस्ता बौद्धिक अनुष्ठानमा कलाकारमाथि अभद्र व्यवहार गर्नु समग्र नेपाली संस्कृतिमाथिको प्रहार हो । आज प्रकाशजी जस्तो खाँचो परे दुईचार जनालाई एक्लै तह लगाउन सक्ने कलकारमाथि यसरी दुव्र्यवहार हुन्छ भने लुरेलाङ्ग्रे कलाकारले कसरी कार्यक्रममा सहभागी हुने आँट गर्ने ?

    सबैभन्दा पहिले त नेपाली गीतसङ्गीत फुक्लो रोमान्स मात्र हुन थालेको छ । बसेर आनन्दले सुन्ने खाले गीत गाउने गायकहरू हराउँदै गएका छन् । गायकी जस्तो होस् स्वाँ स्वाँ र फ्याँ फ्याँ गर्दै मञ्चमा उफ्रदैमा वाह वाह भन्ने र यस्तै खाले कलकारको माग गरिनु नै गलत हो ।

    कता हराए रामकृष्ण ? कता हराए यश कुमार ? कता पुगे हेमन्त ? कता के गर्दै छन् नरम शैलीमा नेपाली जनजीवनको गीत गाउने लोकगायक र वाद्यवादक ? अझ म उता प्रगतिशील चेतका कलाकारतिर त पस्नै भ्याएको छैनँ, जसले देशको व्यवस्था परिवर्तन गर्नमा ठुलो योगदान दिए । सडकबाट सदन हल्लाउने जीवन, झन्कार, माइला, पाख्रिनलगायत युगका आवाज बुलन्द गर्नेहरूको यतिबेला प्रसङ्ग नगरुँ होला ।

    एक गायकले मञ्चमा चढेर अलिकता धुलो उडाउनैपर्ने ? के गीत भनेको धुलो उडाउने खाले मात्र हो त ? नचाउने र रुवाउनेबाहेक पनि मानवीय संवेदना हुन्छन् । अहिले सुन्ने र जीवनको कुनै घडीमा महसुस गरेर हिम्मत बटुल्ने गीत अजर अमर हुन्छन् । लोकगीत होस् कि आधुनिक होस्† पपगीत होस् कि र्‍याप नै किन नहोस्† गीतको मर्म सधैँभरि छताछुल्ल नहुन सक्छ तर एक अजर अमर गीतले मान्छेलाई सुखमा अरूको सम्मान राखेर हाँस्न र दुखमा मन थामेर बाँच्न प्रेरणा दिन्छ । बोर्डिङ स्कुलको बच्चाको जस्तो रिजल्ट गीतसङ्गीतमा खोजिनु सर्वथा गलत हो ।

    कुनै कुनै गीतमा त त्यसको अर्थ खोज्नु पनि अनर्थ हुन्छ बरु त्यसको अलाप कुनै एकलासमा मनमा झ्यास्स बज्यो र मुखबाट अचानक फुस्केर गाउन पुगियो भने त्यही हो त्यो गीतको अर्थ । त्यही हो, त्यो गीतको सार्थकता । तसर्थ सबै गीतले धुलो उडाउने गरी नचाउँछ भन्नु नेपाली गीतसङ्गीतको गलत भाष्य हो ।

    होरी, डेउडा, सुनिमाया, यानिमाया, पालम भाका गाउने कलकार हराउनु नेपाली सङ्गीतको दुर्भाग्य हो । होरी अचेल भारतीय गायन हुन पुगेको छ । होरीले सुदूरपश्चिमको अपनत्व गुमाउन थालेको छ । सुनिमाया, यानिमाया र पालमको पनि स्थिति उस्तै नहोला भन्न सकिन्न । डेउडा भने अझै बाक्लै प्रचलनमा छ ।

    कैयौँ लोकगाथा विलुप्त हुनुमा कार्यक्रम आयोजकको मानसिकतामा भर पर्छ । केही मान्छे नचाउन सके कार्यक्रम रमाइलोका साथ सफल भएको ठान्ने नतिजामुखी चिन्तन सर्वथा गलत छ । दोहोरीमा रक्सीको मातमा रौसिने खाले मात्र गीत होइन, खाँदै पिउँदै आनन्द बसेर सुन्ने खाले गीत गाएर स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने गायक सफल गायक हो । मान्छे उफारेर भाँडभैलो मच्चाउन सक्नु मात्र गायकको सामथ्र्य होइन । गीतसङ्गीतबाट बौद्धिकता हराउँदै जानुजत्तिको ठुलो दुर्भाग्य केही हुन सक्दैन ।

    प्रकाशजीलगायत नेपाली समस्त नेपाली गीतसङ्गीतका क्षेत्रमा काम गरिरहनुभएका कलाकारले विचार गर्नुपर्ने बेला आएको छ ।
    धेरै पहिलेबाट लोकदोहोरी छाडा हुँदै गयो भन्ने चिन्ता गरिएको थियो । त्यसको परिणाम अहिले देखिन थालेको छ । सङ्गीत फगत मनोरञ्जन मात्र नभएर मानव हृदयले संश्लेषण र विश्लेषण गर्नुपर्ने विषय पनि हो ।

    आज कार्यक्रममा बोत्तल प्रहार भयो भोलि बाटोघाटोमा हिँड्दा पनि परिचय लुकाएर हिड्नुपर्ने दिन नआउला भन्न सकिन्न । यस्तै हो भने मञ्चमा जानुपर्ने कलाकारलाई बिमा कम्पनीले बिमा पनि नगरिदिने हो कि ? यसको जिम्मेवार समस्त नेपाली गीतसङ्गीतमा जीवनको महत्त्वपूर्ण समय खर्चेका कलाकार नै हो ।

    जति समय नेपाली गीतसङ्गीतलाई दिनुभएको छ, थोरै समय गीतसङ्गीतबारे चिन्तन गर्नुपर्ने हो । आफूले गरेको कर्मको मर्म खोज्नुपर्ने हो । आफ्नो काम र लगानीको बौद्धिक भूगोल खोज्नुपर्ने हो । केवल मञ्चमा “मायाको चिनो” नामको काम नलाग्ने टोक्रो, काँधमा केही काम नलाग्ने माला वा खादा र एक थोपा टीकामा सम्मान नखोजेर जीवनको उर्वर समयको मूल्य खोज्नुपर्ने हो ।

    खादा र मालाको पनि अति दुरूपयोग भएको छ । उभिएजति सबैलाई खादा वा माला लगाउने चलन छोड्नुपर्छ । जति हामीले गीतसङ्गीतमा तन, मन र धन लगानी गरेका छौँ, त्यति अन्य क्षेत्रमा गरेको भए भौतिक सुखमय जीवन बिताउन सक्ने हैसियत बनाउन सक्थ्यौँ भने गीतसङ्गीतमा गरेको यति ठुलो लगानीको मूल्य कहिले खोज्ने ? यति ठुलो त्याग र तपस्याको हैसियत कहिले खोज्ने ?

    कलाकारले आफ्नो हैसियत खोज्ने हो भने आफ्नो स्तर मञ्चमा कति मान्छेलाई उफार्न सकिन्छ ? कुन कुन देशबाट निम्तो पाउन सक्छ भन्ने कुरामा सफलता खोज्ने तुच्छ मानसिकता त्याग्नुपर्छ । पटक पटक सार्वजनिक स्थलमा हुने प्रहारबाट नझस्केका कलकारले समाज र नेपाली गीतसङ्गीतलाई केही दिन सक्ला भनेर आश गर्ने ठाम नै छैन । आफ्नै लगानी र परिश्रमलाई क्षणिक रोमान्समा सकेर हिँड्नु अवश्य पनि राम्रो होइन ।

    कलाकारको प्रस्तुतिअनुसार सहभागीको मानसिकता बन्छ । जब तपाईंंको सिर्जना नै उत्ताउलो खालको छ भने तपाईंमाथि उत्ताउलो व्यवहार हुनु नौलो होइन । अब पनि प्रकाशजीलगायत समग्र कलाकर्मीले आफ्नो स्तरको बारेमा नसोच्ने हो भने यस्ता घटना दोहोरिने छन् । के कलाकार सधैँ निरीह प्राणी भएर बाँच्ने जन्तु हो ? राजा–महाराजाले समेत आदेश दिन नसक्ने कलकारको हैसियत थियो रे कतै शास्त्रमा पढेको । के त्यो वातावरण सिर्जना गर्न अहिले सम्भव छैन ? उच्च हैसियत मात्र खोज्ने कि सिर्जना पनि हैसियतअनुसारको पस्कने जमर्काे गर्ने ?

    बुधबार, असार १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.