दाङ । दाङमा राष्ट्रिय जनमोर्चा राप्तीको दोस्रो पालिका सम्मेलन सम्पन्न भएको छ ।
२०८० वैशाख ३० गते शनिबार राजमो जिल्ला सचिवालय सदस्य केशवराज खनालको उद्घाटनका साथै सो सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का कोषाध्यक्ष प्रेमनारायण आचार्य, राजमो दाङका पूर्व अध्यक्ष नरबहादुर केसी, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष पूर्णिमा आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य दलबहादुर घर्ती, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य डिलाराम पौडेल, जातीय समता समाजका प्रदेश सदस्य शान्ति सुनार, अप्फाका जिल्ला सदस्य विष्णुप्रसाद आचार्य, रक्तिम सांस्कृतिक अभियानका जिल्ला कोषाध्यक्ष विक्रम पाण्डे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका बाबुराम थापा र अखिल (छैठौं) का अशोक खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा युवक सङ्घका जिल्ला सदस्य चन्द्र आचार्य, महिला सङ्घकी कमला बेलबासे, बिजुला केसी, कृष्णा पोखरेल तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का विष्णुप्रसाद आचार्यको पनि आतिथय रहेको थियो ।
सम्मेलनमा अध्यक्षता ठाकुरप्रसाद आचार्यले, स्वागत माधव आचार्यले र सञ्चालन गिरबहादुर पौडेलले गर्नुभएको थियो ।
सम्मेलनले ठाकुरप्रसाद आचार्य अध्यक्ष रहनुभएको राजमोको पालिका समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बाबुराम थापा, सचिवमा दलबहादुर घर्ती, सहसचिवमा शान्ति सुनार र कोषाध्यक्षमा गिरबहादुर पौडेल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा बिजुला केसी, मनबहादुर पुन, माधव आचार्य, छविलाल पोख्रेल, शमशेर केसी, वासुदेव थापा, शालिकराम पोख्रेल, नागेश्वर चौधरी, कमल चौधरी र रामप्रसाद चौधरी रहनुभएको छ ।
सम्मेलनबाट ताराप्रसाद भट्टराई, चम्फा भुसाल, छविलाल बिएम र छमी पुन सल्लाहकारमा चयन हुनुभएको छ ।
समितिलाई राजमो नेता गणेण केसीले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
