नयाँदिल्ली । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् ।
Advertisement
जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चा झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् ।
छिमेकीरूले पनि मालतीको आत्महत्याको कारण उनका श्रीमान नै भएको बताएका छन् । उनले घरायसी तनावका कारण त्महत्याको बाटो रोज्न विवश भएकी उनीहरूको भनाइ छ । मालतीका पतिलाई पक्राउ गरेर अनुन्धान थालिएको छ ।