खिमराज चालिसे, चंडीगढ ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंडीगढ़ नगर समितिको आयोजनामा वाल विभागको दोश्रो भेला भव्य र शानदार रुपमा सम्पन्न भयको छ । आइतबार सम्पन्न भेलाले २९ सदस्यीय वाल विभाग गठन गरेको महिला नगर सचिव एवं वाल विभागकी इन्चार्ज जमुना खनालले जानकारी दिनुभयो ।
नगर अध्यक्ष मान वहादुर केसीको अध्यक्षता र नगर सहसचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भेलामा नगर सदस्य शमशेर केसीले स्वागत गर्नुभएको थियो । वाल विभागको औचित्यबारे प्रकाश पार्दै केन्द्रीय सदस्य दिनेश खडकाले भेलाको उद्घाटन गर्नु भएको थियो ।
सन्दिप विकको संयोजकत्वमा गठित बाल विभागका सदस्यहरुमा दिपेश बेलवासे, दिव्या बेलवासे, नम्रता भुसाल, आस्था अधिकारी, करण अर्याल, निखिल पाण्डे, नकिता पाण्डे, सौरव पाण्डे, सार्थक पाण्डे, सन्दिप आचार्य, आशिष आचार्य, अनन्या आचार्य, कल्पना जीसी, विवेक पाण्डे, मन महतरा, गणेश महतरा, आसु सुवेदी, सन्दिप परियार, सन्देश पौड्याल, करिश्मा पौड्याल, सौरभ पौड्याल, एन्जल पन्थी, एनआइस पन्थी, हेमराज विक, साहिल आचार्य, मोनिका वुढाथोकी, दिव्यता तिवारी, तुषार तिवारी लगाएत हुनुहुन्छ ।
भेलालाई शुभकामना दिने वक्ताहरुमा मूलप्रवाहका केन्द्रीय सल्लाहकार तिलक पौडयाल, सुदूरपश्चिमोत्तर महिला क्षेत्रीय सचिव जुना चालिसे, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, क्षेत्रीय समता विभागका विनु नेपाली, क्षेत्रीय सदस्य लक्ष्मण खनाल, रक्तिम विभागका अर्जुन बिक, खेल विभागका दुर्गा विक, विद्यार्थी संगठनका नारायण आचार्य, दिपक चालिसे, महिला नगर विभागकी सरस्वता भुसाल, वाल विभागका सन्दिप विक, नम्रता भुसाल, दिवश आचार्य, सन्दिप आचार्य, लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारमा कलाकारहरुले रोचक सांस्कृतिक प्रस्तुति दिएका थिए ।