भटिन्डा । भारतको भटिन्डास्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ ।
Advertisement
आज बिहान भएको सो गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।
सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४:३५ बजे सो सैनिक शिविरमा गोली हानाहान भएको थियो । घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो ।





