काठमाडौं। सप्तरीका एक युवकको भारतमा गोली हानी हत्या गरिएको छ । स्थानीय एक ग्यारेजमा काम गर्दै आएका सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।
Advertisement
भारतीय नम्बर प्लेटको ग्यारेजको गाडीमा ग्यारेजकै कामका निम्ति झन्झारपुर गएका यादवको फर्कने क्रममा मोटरसाइकलमा पिछा गरेको समूहले गोली हानेको प्रहरीले जनाएको छ ।
घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । उनको शव नेपाल ल्याई बुधबार नै अन्तिम संस्कार गरिएको छ ।