टेकराज भुसाल (टेकु) बुटवल
रक्तिम सांस्कृतिक अभियान ५ नं प्रदेशको प्रथम भेला आयोजक समिति गठन गरिएको छ । शनिबार सम्पन्न एक भेलाबाट सीता बस्यालको अध्यक्षतामा १५ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन गरेको हो ।
आयोजक समितिको सदस्यमा बेगम घर्ती, धनिराम भण्डारी, बिष्णु केसी, टेक बहादुर मल्ल, अमर थापा, मिलन परियार, मन बहादुर नेपाली, ओम श्रीस, मेघराज गौतम, खगेन्द्रा बिष्ट, शुशिला थापा, मान बहादुर भण्डारी रहनुभएको छ भने २ स्थान रिक्त राखिएको छ ।
भेलालाई रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश बिक लगायतले शुभकामना दिनाभएको थियो ।
कार्यक्रममा अभियानका केन्द्रीय सदस्य सीता बस्याल, सल्लाहकार शुशिला थापा, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिब टान बहादुर केसी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंह, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सदस्य टेकराज भुसाल (टेकु) , राजमो प्रदेश कार्यलयका कार्यलय सचिव भिमलाल न्यौपाने लगायतको आतिथ्य रहेको थियो।
कार्यक्रम अभियानका केन्द्रीय सल्लाहकार लक्ष्मी गुरुङको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष मान बहादुर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाले यही माघ २५ गते रक्तिम सांस्कृतिक अभियान प्रदेश नम्बर ५ को प्रथम प्रदेश भेला बुटवलमा गर्ने निर्णय गरेको छ।