• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रवासी नेपालीलाई मतदानको अधिकारबाट कुण्ठित नपारौँ : दुर्गा पौडेल (भिडिओ)


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न माग गर्नुभएको छ ।

    Advertisement

    आइतबार प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै पौडेलले प्रवासी नेपालीले संसदीय निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई कुण्ठित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

    ‘प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिने विषयलाई लिएर धेरै अगाडिदेखि छलफल चल्दै आएको छ । यहाँसम्मकी सर्वोच्च अदालतले पनि निर्देशन गरिसकेको अवस्था छ’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले गरेको निर्देशन पनि वर्षौं भइसकेको अवस्था छ । यतिमात्र नभएर निर्वाचन आयोगले पनि चुनावको घोषणा गर्नु अगावै आफ्नो मस्यौदामा प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ । तर अहिले आम निर्वाचनको घोषणा भैसक्दा पनि त्यसको कुनै पनि व्यवस्था गरिएको देखिँदैन ।’

    पौडेलले अब मंसिर ४ गते हुने निर्वाचनमा पनि लाखौँ नेपाली मतदानको अधिकारबाट बञ्चित हुने आशंका व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले लामो समयदेखि यो विषय उठान गरेको स्मरण गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।

    सांसद पौडेलले भन्नुभयो, ‘अहिलेसम्म यो अवस्था हेर्दाखेरि लाखौं प्रवासी नेपालीहरूको मतदानको अधिकार कुण्ठित भएको देखिन्छ । त्यसैले यो विषयमा सरकार गम्भीर हुन आवश्यक देखिन्छ । यस विषयमा राष्ट्रिय जनमोर्चाले विगत लामो समयदेखि नै प्रवासी नेपालीहरूको हकमा र उनीहरूको मतदानको अधिकारलाई सुनिश्चित गर्न बारम्बार सरकारसमक्ष माग राखेको साथै सरकारलाई ज्ञापन पत्र पनि बुझाइ राखेको छ। लगातार कार्यक्रम गर्दै आइरहेको छ ।’
    पौडेलले विदेशका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारले ठोस कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।

    ‘अहिलेको अवस्थामा सरकारलाई गम्भीर ध्यानाकर्षण के गराउन चाहन्छु भने यो आमनिर्वाचन घोषणा भइसक्दा अबको दिनमा प्रवासी नेपालीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्नेगरी सरकारले आफ्नो कार्ययोजना अगाडि बढाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यसको निम्ति सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.