बुटवल । लुम्बिनी प्रदेशसभा अन्तर्गतको अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसी चयन हुनुभएको छ ।
लुम्बिनी प्रदेशसभाका विभिन्न चारवटा विषयगत समितिले बिहीबार नेतृत्व पाएका हुन् । प्रदेश सभाको सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का विष्णु पन्थी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकै जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा पनि एमालेकै बाबुराम गौतम चयन हुनुभएको छ ।
बुधबार प्रदेशसभामा समितिको नेतृत्वका लागि एकल उम्मेदारी परेको थियो । बिहीबार सम्बन्धित समितिको छुट्टाछुट्टै बैठक बसेर सभापतिको नाम अनुमोदन भएको हो ।
४ वटा विषयगत समितिहरु एक वर्ष भन्दा बढी समयदेखि नेतृत्वविहीन थिए । राजनीतिक खिचातानीका कारण समितिहरुले नेतृत्व पाउन सकेका थिएनन् ।
लामो समय नेतृत्वविहीन रहेका समितिले प्रदेश सभाको कार्यकाल सकिन केही महिना मात्र बाँकी हुँदा नेतृत्व पाएका हुन् ।





