काठमाडौं । काठमाडौंमा कोठमा न्यानो बनाउन मकलमा आगो बालेर सुतेका आमा छोराको निस्सासिएर मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–८ सुन्दरबजारमा आमा शर्मिला रञ्जितकार उनका र दुई महिने छोराको निस्सासिएर मृत्यु भएको हो ।
छोरा र श्रीमतीलाई खाटमा सुताएर भुईंमा सुतेका नवराज नवराज रञ्जितकारले राति स्वास फेर्न अप्ठेरो भएपछि उठेर हेर्दा उनीहरुको मृत्यु भइसकेको बताएका छन् ।
बिहान ३ बजे उठ्दा श्रीमती र छोराले सास फेर्न छोडिसकेका नवराजको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरीले जनाएको छ ।
उनले आफ्ना श्रीमती र छोराले सास नफेरेको थाहा पाएपछि छिमेकी र श्रीमतीकी साथीहरूलाई गुहारेका थिए। पछि काठमाडौंमा अरु आफन्तहरू नभएपछि प्रहरीलाई बोलाइएको थियो।
नागढुंगाका नवराज कामको शिलशिलामा कीर्तिपुर डेरा गरी बस्थे। उनी पेन्टर हुन्। कोठा साँघुरो भएकोले धेरै असर परेको हुन सक्ने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।