• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सात प्रदेशको बजेट ३ खर्ब ५ अर्ब, कसको कति ?


  •   बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट कार्यक्रम सार्वजनिक गरेका छन्।

    Advertisement

    बुधबार एकैदिन सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्।

    सातवटा प्रदेशले आगामी आवको लागि कुल ३ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएका हुन् ।

    हेरौँ कसको बजेट कति ?

    प्रदेश १ः ३९ अर्ब ७३ करोड
    प्रदेश १ सरकारले आगामी आवको लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको कुल बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा आगामी आवको सरकारी नीति तथा कार्यक्रम कार्यन्वयन गर्न उक्त बजेट विनियोजन गर्नुभएको हो ।

    कुल विनियोजनमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रहेको मन्त्री आङ्बोले बताउनुभयो ।

    आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने उहाँले बताउनुभयो ।

    बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने बजेटमा उल्लेख छ।

    मधेश : ४६ अर्ब ८८ करोड
    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि पौने ४७ अर्ब रुपैयाँको बजेट ल्याएको छ। बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब, ८८करोड करोड, ९ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभयो । जसमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत छ।

    त्यस्तै पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३ दशमलव २१ प्रतिशत विनियोजन गरेको छ। र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शून्य दशमलव ३५ प्रतिशत विनियोजन गरेको छ।

    बागमती : ७० अर्ब ९३ करोड
    बागमती प्रदेशले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि १३ अर्ब बढीको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको लागि बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले ७० अर्ब ९३ करोड रुपैयाँ विनियोजन गर्नुभएको हो । चालू आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन भएकोमा यस वर्ष १३ अर्बले बजेटको आकार बढेको छ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन भएको ७० अर्ब ९३ करोड रुपैयाँमध्ये चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको हो। चालू आवका लागि भने कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेको थियो।

    आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा कर राजस्वबाट २६ अर्ब ५७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड र चालू आर्थिक वर्षको सञ्चित कोषको बचतबाट १६ अर्ब व्यहोरिने आर्थिक मामिलामन्त्री जम्कटेलले बताउनुभयो ।

    गण्डकी : ३५ अर्ब ९० करोड
    गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्नुभएको हो ।

    कुलमध्ये चालूतर्फ १३ अर्ब २६ करोड अर्थात् ३६ प्रतिशत र २२ अर्ब १४ करोड अर्थात् ६१ प्रतिशत छ। वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलव ३९ प्रतिशत छ। स्रोत केन्द्रको अनुदान १६ अर्ब ५४ करोडबाहेक राजस्व बाँडफाँटबाट ९ अर्ब २३ करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टीबाट ३२ करोड स्रोत ल्याउनेछ।

    लुम्बिनी : ४२ अर्ब ४३ करोड
    लुम्बिनी प्रदेशले ४२ अर्ब ४३ करोड बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारका आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट विनियोजन गर्नुभएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वष आकार बढाएर विनियोजन गरिएको हो।

    चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात् ५७।५१ प्रतिशत रहने अनुमान गरिएको छ। स्थानीय तहको लागि ४ अर्ब ८३ करोड वित्तिय हस्तान्तरण गर्ने भएको छ। बजेटको ११ प्रतिशत स्थानिय तहमा जाने भएको छ। कुल बजेटमध्ये खर्चको स्रोत तर्फ आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड हुने अनुमान गरिएको छ।

    संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड, विशेषअनुदानबाट ४८ करोड छ। चालू आर्थिक वर्षको बचत रकम ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन हुने अनुमान गरिएको छ।

    कर्णालीः ३२ अर्ब ६१ करोड
    कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधबार प्रदेशसभा उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।

    विष्टले चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख तथा पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार बजेट विनियोजन गर्नुभएको हो ।

    प्रदेश सरकारले आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख, चालू आर्थिक वर्षको बजेट खर्च नभई बचत हुने ४ अर्ब ५५ करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब २ करोड, वित्तीय सामान्यीकरण अनुदानबाट प्राप्त हुने १० अर्ब ७२ करोड र सशर्त अनुदानबाट प्राप्त हुने ५ अर्ब ६९ करोड परिचालन गर्ने लक्ष्य लिएको छ।

    सुदूरपश्चिम : ३६ अर्ब ७४ करोड
    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि ३६ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

    जसमा चालूतर्फ ३३।४६ प्रतिशत अर्थात १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ। पँजीगततर्फ ६५।७४ अर्थात् २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ। यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३।७१ प्रतिशत अर्थात १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ०।८२ प्रतिशत अर्थात ३० करोड बजेट विनियोजन गरिएको छ।

    चालू आर्थिक वर्ष २०७८र०७९ भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ। आर्थिक वर्ष २०७८र०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको थियो।

    बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.