पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट पेश गरेको छ ।
Advertisement
बजेटमध्ये २२ अर्ब ९० करोड १ लाख ४६ हजार अर्थात् ६१.६६ प्रतिशत रहेको छ भने चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख रहेको छ ।
बजेटको स्रोतमा आन्तरिक आयबाट ५ अर्ब ९ करोड १६ लाख र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५ लाख व्ययभारको अनुमान गरिएको छ भने संघ सरकारको विभिन्न शीर्षकको अनुदानबाट १६ अर्ब ३२ करोड पाउँदै छ ।
आत्मनिर्भर गण्डकीको नारा दिएको गण्डकीको बजेटमा २ अर्ब न्यून हुने र त्योमध्ये एक अर्ब नेपाल सरकार र एक अर्ब आन्तरिक ऋणबाट लिइने अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।