काठमाडौं । सरकारल पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल र डिजेलमा आज (बिहीबार) राती १२ बजेदेखि प्रतिलिटर १० रुपैयाँ घटेको छ।
Advertisement
नेपाल आल निगमका प्रवक्रा विनितमणी उपाध्ययका अनुसार नेपाल आयल निगमको संचालक समितिले आज लागु हुने गरि १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेलको १५३ र मट्टितेलमा पनि १० रुपैयाँ घटेर १५३ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।






