काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको छ । जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले कर घटाउने निर्णय गरेको हो ।
कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय हुन भने बाँकी छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस विषयमा अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।
त्यस्तै स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै बिक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।
निगमको बिमासहित प्रशासनिक एवं बिक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १ दशमलव ७७ रुपैयाँ जोडिन्छ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ छ ।