काठमाडौं । अखिल नेपाल किसान महासंघ (अप्फा)सहित चार किसान संगठनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् ।
Advertisement
बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी चार किसान संगठनले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुमा अचाक्ली महंगी बढेको भन्दै महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै, किसान संगठनहरुले कृषिमा बजेट बढाउन पनि माग गरेका छन् ।
‘किसानको जीवनस्तरमा उत्साहजनक स्थिति सिर्जना गर्न, कृषि आयात प्रतिस्थापन गर्न, कृषि निर्यात बढाउन, कृषि र वनजन्य उद्योग खोलेर रोजगारी पैदा गर्न तथा श्रम पलायन रोक्ने गरी’ कृषिमा बजेट बढाउन र त्यसको सदुपयोग गर्न माग गरिएको छ ।