काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी मूल्यवृद्धि गरेको छ। आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो।
Advertisement
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाँ बढेको छ। यो सहित ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ।
बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ।






