टेकराज भुसाल (टेकु),बुटवल ।
प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदशनी २२ गते आइतबार सम्पन्न भएको हो।

पुस्तक प्रदर्शनीको पहिलो दिन साहित्य,कला,संस्कृतिका माध्यम बाट समृद्ध प्रदेशको परिकल्पनामा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, संस्कृति र साहित्यवीचको अन्तरसम्बन्ध विषयमा घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य डाक्टर राजेन्द्र खनाल, पठन संस्कृतिको विषयमा वरिष्ठ आख्यान्नकार जंगबहादुर शाहाले चर्चा गर्नुभएको थियो ।

त्यस्तै, दोस्रो दिन २१ गते शनिवार सहरको सभ्यतामा रामचन्द्र श्रेष्ठ, समकालीन साहित्यमा प्रगतिशिलतामा प्रा.दिल साहनी, श्रष्टा, साधना र सिर्जनात्मक उत्तरदायित्वमा प्रा.हुमाकान्ता पाण्डे, साहित्यमा बजार प्रभाबमा डा. मुरारि पराजुली तथा बुटवलको ऐतिहासिकतामा बिमलबहादुर शाक्य र २२गते तेस्रो अर्थात अन्तिम दिन रुपन्देहीको कला साहित्य यात्रामा सहप्राध्यापक ऋषिराम भुसाल,बाल साहित्य र अभिभावकमा प्रा.डा. कपिलदेब लामिछाने, लोकगितमा नारी चेतनामा डा.लक्ष्मी पोखरेल सानो कोकिला र बुटवलको साहित्य,कला र संस्कृतिको उन्नयनमा बुटवल उपमहानगरपालिकामा गुमादेबि आचार्यले आफ्ना कुरा प्रस्तुत गर्नुभएको थियो।

साहित्य कार्यक्रममा साहित्यकार बुंद राना, रामचन्द्र भट्टराई, रुद्र वाली, मिनबहादुर राना, देब्रेन्द घिमिरे, गुरु प्रसाद कुमाल बुलबुल लगायतका स्रष्टाहरुले गजल र कविता वाचन गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारले प्रगतिशील गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु राखिएको थिएन्न । पठन संस्कृति हराउंदै कमजोर हुंदै गएकाले नयां पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।
पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहेको थियो। यस क्षेत्रको साहित्य, कला,संस्कृति र संङ्गीतको वर्तमान र भविश्यबारे छलफल गरिएको थियो। साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गरेका थिए भने करिव ५ लाखको पुस्तकहरु विक्री भएको छ ।