काठमाडौं । चीनले नेपाललाई थप ५७ लाख सिरिन्ज र ९ वटा एक्सरे मेसिन सहयोग गरेको छ ।
Advertisement
चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि उपलब्ध गराएको उक्त चिकित्सकीय सामग्री रसुवागढी सीमा नाका हुंदै नेपाल ल्याइएको काठमाडौस्थित चिनियाँ दूतावासले जनाएको छ ।
नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न उक्त चिकित्सकीय सामग्री दिइएको दूतावासले जनाएको छ।
‘दुई देशका विदेशमन्त्रीबीच भएको सहमति कार्यान्वयन गर्न र निरन्तर सामग्री उपलब्ध गराएर नेपालमा पूर्णरुपमा महामारी परास्त गर्न सहयोग गर्नेछौं’ दूतावासले भनेको छ।

