• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेसको बाह्रौँ राष्ट्रिय सम्मेलन सम्पन्न


  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको बाह्रौँ राट्रिय सम्मेलन सम्पन्न भएको छ । प्रगतिशील साहित्यकार रघुजी पन्तले उद्घाटन गर्दै २०७८ चैत २५ र २६ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण कक्षमा सम्मेलन सम्पन्न भएको हो ।

    Advertisement

    निवर्तमान अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उद्घाटन सत्रमा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका खगेन्द्र राई, जनसांस्कृतिक महासङ्घका गोपाल बराल, प्रगतिशील साहित्य तथा कला समाजका डा. शालिकराम तिमल्सेना, जनसांस्कृतिक महासङ्घका भीम कुमाकी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, साहित्यकारहरू शान्तदास मानन्धर, भैरव रिसाल, मोदनाथ प्रश्रित, केशव बडाललगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा योगेन्द्रप्रसाद प्रधान, भेषमान गिरी, सरिता ढकाल, बूँद राना र घनश्याम शर्मा पौडेललाई सम्मान गरिएको थियो । उहाँहरूले पनि उद्घाटन शत्रमा मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा प्रलेसको केन्द्रीय प्रकाशन प्रगतिशील साहित्यको इतिहास (भाग–१), प्रलेस अङ्क २६, शेखर अर्यालको “काकालाई चिठी” र बालकृष्ण चापागाईंको “बौद्ध दर्शन र सञ्चार” विषयक पुस्तकहरू विमोचन गरिएको थियो । पछिल्ला दुई पुस्तकका लेखकले सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    सोही दिन साँझदेखि चैत २६ गतेसम्म सम्मेलनको बन्दशत्र सञ्चालन भएको थियो । वासुदेव अधिकारी, मधु क्षेत्री, डा. नर्मदेश्वरी सत्याल, डा. धनप्रसाद सुवेदी र डा. दीपक गौतमको अध्यक्ष मण्डलबाट सुरु भएको कार्यक्रममा महासचिव समीर सिंहले साङ्गठनिक प्रतिवेदन, उपमहासचिव आरसी न्यौपानेले विधानमा संशोधन र कोषाध्यक्ष प्रा.डा. धु्रवकुमार घिमिरेले आयव्यय रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

    दोस्रो दिन सबै प्रदेश र कतिपय जिल्लाका प्रतिनिधिबाट प्रतिवेदन, विधान र आयव्यय रिपोर्टबारे धारणा राखिसकेपछि सुझावहरूलाई स्वीकार्ने गरी सबै दस्तावेज पारित भएका थिए ।

    त्यसपछि डा. हरिप्रसाद भण्डारी, लक्ष्मणदेव पाण्डे, प्रकाश सिलवाल, तेजविलास अधिकारी र होम भट्टराई रहेको निर्वाचन मण्डलले नयाँ केन्द्रीय समिति र राष्ट्रिय परिषद् सदस्यको चयन प्रक्रिया अगाडि बढाएको थियो ।

    सम्मेलनले डा. मधुसूदन गिरी अध्यक्ष रहेको ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा. देवी क्षेत्री दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा गिरिप्रसाद बुढा र दलबहादुर गुरुङ तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यमा बोधकुमार घिमिरे, शान्ति प्रियबन्दना, अच्युतराज पराजुली, हृदय लेकाली, वैरागी जेठा, ताराप्रसाद शर्मा, कल्पना पौडेल ‘जिज्ञासु’, धु्रवलाल शर्मा, किशोर सुवेदी, डा. शालिकराम तिमल्सेना, डा. कृण सुवेदी, डा. दीपक गौतम, मसान उपासक, जीवेन्द्र रसिक, सरस्वती दुमी राई, काशीराम गैरे, पार्वती रावत, बिजुला रायमाझी, शेखर अर्याल, लोक लामा, दिनेश दुलाल, कल्पना पौडेल, जीवन स्पर्शी, रामप्रसाद जैसी, तिलकबहादुर सिंह र डा. कौशिला रिसाल रहनुभएको छ ।

    त्यसैगरी ४५ सदस्यीय राष्ट्रिय परिषद्का सदस्यहरूमा यदुनाथ ‘वसन्तपुरे’, छन्दविज्ञान निरौला, धु्रवकुमार रायमाझी, दीपसागर पन्त, गोविन्द अर्याल ‘शृङ्खला’, केशु कार्की, दुर्गा परियार, भक्त विश्वकर्मा, ऋतु केसी, भीष्म जोशी, समष्टि बुढामगर, प्रदीप प्रधान, मेस्मा पुन, अरुण थिङ, सर्जनसिंह ठकुरी, मोहन कार्की, दुर्गा राना, सरस्वती अधिकारी, देवु लुइँटेल, मायामितु न्यौपाने, हिमालय पौडेल, जगदीश ओझा, गङ्गा रिजाल, डम्मरुबल्लभ भण्डारी, मीना बराल, कुयाङ लामा, डा. शेखरकुमार श्रेष्ठ, वशन्त विवश आचार्य, प्रकाश किरण, रमेश कँडेल, सुधा मैनाली, सुशीला शर्मा, शारदादेवी लामिछाने, डा. पूर्ण भण्डारी ‘पङ्कज’, कोपिला शर्मा, राजिन पनेरू, शशिकिरण रेग्मी, प्रेम घिमिरे, अगिव बनेपाली, लीला पण्डित क्षेत्री, ईश्वरीप्रसाद रिजाल र हरिलाल महतरा रहनुभएको छ ।

    सम्मेलनमा केन्द्रीय समिति र राष्ट्रिय परिषद्का केही सदस्य रिक्त राखिएको निर्वाचन मण्डलद्वारा जानकारी गराइएको थियो ।

    कार्यक्रमको अन्तमा नवनिर्वाचित केन्द्रीय समिति र राष्ट्रिय परिषद्को शपथ ग्रहण, अध्यक्षको प्रतिबद्धता मन्तव्य, निवर्तमान अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको बधाई मन्तव्य र माइन्युट हस्तान्तरण कार्य सम्पन्न भएको थियो ।

    शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
    दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग
    बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.