सुर्खेत । प्रगतिशील लेखक संघ, सुर्खेतको अधिवेशन सम्पन्न भएको छ । वीरेन्द्रनगरमा सम्पन्न १४ औँ अधिवेशनले जागेश्वर नेपालको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा सिद्ध बहादुर खड्का, महिला उपाध्यक्ष मन्जु रिमाल, सचिव थुमान अधिकारी, सह सचिव, सोसलिजा शाही र कोषाध्यक्ष सर्जन सिंह ठकुरी चयन हुनुभएको छ । रसदस्यहरूमा निरन्जना योगी, पूर्ण भण्डारी, लक्ष्मण देव गिरि, कविता महतारा, खड्ग बहादुर विक, निर्मला पोखरेल, भक्त राना सर्वसम्मत चयन हुनुभएको छ ।
सम्मेलनलाई प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश थापा मगरले सम्बोधन गर्दै प्रलेस मार्क्सवादी विचार तथा दृष्टिकोणअनुसार समाज रूपान्तरण गर्न अगाडि बढिरहेको बताउनुभयो ।

सम्मेललाई संघका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा, केन्द्रीय सदस्यद्वय डा. दीपक गौतम, जीवन शाही, प्रलेस कर्णाली उपाध्यक्ष युद्धविक्रम शाही, बुद्धिजीवी परिषद केन्द्रीय सदस्य विष्णुप्रसाद गौतम, हिमाली पुस्तकालयका पूर्वअध्यक्ष तुलाराम तिवारी, वांगमय चौतारीका अध्यक्ष गणेश गौतम, लघुकथा समाज कर्णाली प्रदेशका अध्यक्ष मणिकुमार पोखरेल, जिल्ला अध्यक्ष जगत वाशिष्ठ, सल्लाहकार लीलाधर गौतमलगायतले शुभकामना दिनुभएको थियो ।
उक्त सम्मेलनको साहित्य यात्रामा भक्तबहादुर मिजार, सोसलिजा शाही, रगवीर विश्वकर्मा, समीक्षा नेपाल,
थुमन अधिकारी, प्रकाश वराल, रमेश सुनारलगायतले आ–आफ्नो रचना गीत, गजल, कविताहरू प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनको बन्द सत्र ३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको थियो । अध्यक्ष मण्डलको अध्यक्षता पूर्व अध्यक्ष युद्धविक्रम शाही, सञ्चालन जगत बाशिष्ट र माइनेटिङ रेशम बिष्टले गर्नुभएको थियो । यस्तै केन्द्रीय सचिव प्रकाश थापामगर, अतिथिहरूमा केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गिरीप्रसाद बुढा, केन्द्रीय सदस्य द्वय डा. दिपक गौतम, जीवन शाहीको आतिथ्यता रहेको थियो ।
सम्मेलन देवप्रकाश सिंहको सञ्चालन र जागेश्वर नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

