भक्तपुर । प्रगतिशील लेखक सङ्घ भक्तपुरको पाँचौँ जिल्ला सम्मेलन २०७८ फागुन २७ गते सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्राडा जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा प्रलेसमा पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार मातृका पोखरेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज झगिन्द्रराज ढकाल पारस, केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष जगत्प्रसाद रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नन्दु उप्रेती, लेखक तथा विश्लेषक निर्मलकुमार भट्टराईलगायतका अतिथिहरूको आतिथ्य रहेको थियो ।
निर्वतमान अध्यक्ष ढी.पी. ढकालको अध्यक्षतामा अघि बढेको सो सम्मेलनले गणेश घिमिरे अध्यक्ष रहनुभएको २१ सदस्यीय प्रलेस भक्तपुरको जिल्ला समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष रामशरण दाहाल, सचिव बाबुकाजी श्रेष्ठ, सहसचिव जयन्ता पोख्रेल तथा कोषाध्यक्षमा छन्दविज्ञान निरौला रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा राजकुमार लामिछाने, सुशिला ढकाल, बुद्धिबहादुर घो, कमल मिश्र, नारायण राजथला, माया दोङ, राजेश्वरी शिल्पकार, प्रदीपजामुना श्रेष्ठ, युवराज ढकाल, लक्ष्मी थापा, ईश्वरीप्रसाद शर्मालगायत रहनुभएको छ ।
सदस्यको पाँच स्थान रिक्त राखिएको छ ।
