बाग्लुङ । बाग्लुङको भिमगिठेमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको हो ।
Advertisement
जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको प्रहरीले जनाएको छ । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना भएको हो ।
कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।

