भद्रपुर । प्रगतिशील लेखक सङ्घ झापाको दशौँ जिल्ला सम्मेलन २०७८ फागुन २१ गते बिर्तामोडमा सम्पन्न भएको छ ।
सम्मेलनले लीलाप्रसाद अधिकारीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष आरती पोखरेल, सचिव विन्दु दाहाल, सहसचिव ज्ञानेन्द्र ढुङ्गाना, कोषाध्यक्ष मायामितु नेउपाने तथा सदस्यमा वीरेन्द्र खड्का, मीना अधिकारी, तोयानाथ काफ्ले र दिलिप घिमिरे चयन हुनुभएको छ ।
सदस्यमा चार स्थान रिक्त राखिएको बताइएको छ ।
केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष डा. देवी दुलालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा प्रदेश सचिव राजेन्द्र सर्वहारा, भवानी क्षेत्री, पुण्यप्रसाद खरेल, कमल गुरागाईं, तीला लेकाली आदिको पनि आतिथ्य रहेको थियो ।
सम्मेलन समितिका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा तथा सचिव लीलाप्रसाद अधिकारीको सञ्चालनमा अघि बढेको थियो । कार्यक्रममा स्वागत मन्तव्य आरती पोखरेलले राख्नुभएको थियो ।
कार्यक्रममा दुई जना स्रष्टाहरू मेची क्याम्पसका उपप्राध्यापक पुण्य खरेल तथा प्रगतिशील साहित्यकार सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरिएको थियो ।