बागलुङ बजार । काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित गाउँमैत्री अक्षयकोषको सांस्कृतिक सङ्ग्रहालय भवनको शिलान्यास भएको छ । २०७८ फागुन १७ गते राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म कुँवरबाट भवन शिलान्यास भएको हो ।
संस्थाका सचिव सुकमाया पुनको सञ्चालन र उपाध्यक्ष चइन्द्रबहादुर थापाको सभापतित्वमा सुरु भएको सो औपचारिक कार्यक्रममा ग्रामीण परम्पराअनुसार भवनको शिलान्यास गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि धर्म कुवंर, विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, काठेखोला गाउँकार्यकापालिका सदस्य टीकासङ्गम विक, संस्थाका अध्यक्ष हेमराज आश्रम र नेपाली काङ्ग्रेस तङ्ग्रामका सभापति विष्णु आलेले मन्तव्य राख्नुभएको थियो ।
विविध सोरठी समूहका प्रतिनिधि, पन्चेबाजा समूहका प्रतिनिधि, समाजसेवी तथा विविध जनसमुदायको उल्लेख्य उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सङ्ग्रहालय भवनमा विश्वका सम्पूर्ण देशका बाजा र नेपालका लोकबाजा सङगृ्रहित गर्ने संस्थाको उद्देश्य रहेको छ । सो भवन निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकारले ५० लाख विनियोजन गरेको छ ।